२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला



काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका क्रममा एकजनाको शव फेला परेको छ।

अनुसार उद्धारका लागि सुरुङभित्र प्रवेश गरेको टोलीले एकजनाको शव फेला पारेको हो। उद्धारमा खटिएका सशस्त्र प्रहरीका हवल्दार पवन तामाङले सुरुङभित्र एउटा शव देखिएको पुष्टि गरेका छन्।

उनका अनुसार सुरुङभित्रसम्म पुगेर फर्किने क्रममा शव देखिएको हो। शव कसको हो भन्ने भने खुल्न सकेको छैन।

सशस्त्र प्रहरीका अनुसार सुरुङका सात तल्लामध्ये पाँच तला हिलोले पुरिएको अवस्थामा छन्। दुई तला मात्रै देखिने अवस्थामा रहेको र त्यही क्षेत्रमा शव फेला परेको हो।

यसअघि शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले सुरुङभित्र १० दिनदेखि फसेका दुई जनालाई जीवितै उद्धार गरेको थियो।

उद्धार गरिएका सप्तरीका ३० वर्षीय सञ्जय साह र काठमाडौंका ४५ वर्षीय कबीर महर्जन आयोजनामा क्रमशः मेकानिकल फोरम्यान र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  २ : ०४ बजे

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको