१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सगुनमा सेप्टेम्बर महिनाभर लगानीको अवसर, ढुक्क भएर लगानी गर्न संचालकहरुको आग्रह



अमेरिका । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी ‘सगुन इंक’ले प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर सगुनमा लगानी गर्न आह्वान गरेको छ।

कम्पनीद्वारा आइतबार जुममार्फत आयोजित पत्रकार सम्मेलनमा सगुनमा लगानीकर्ताहरुका लागि सुनौलो अवसर बनेको जानकारी दिइएको हो ।

‘रेग ए प्लस मिनी आइपीओ’बारे जानकारी गराउँदै सगुनका संस्थापक गोविन्द गिरीले सगुनले लामो यात्रा पार गरेको र प्रयोग कर्ताहरुको विश्वास र माया जित्न सफल भएको बताए।

गिरीले भने, “सन् २०१५ बाट सुरु भएको हाम्रो एप आज विश्वका लाखौं मानिसको हातहातमा पुगेको छ, हिजोका दिनमा सर्वसाधारणको पहुंचमा नभएका अन्तर्राष्ट्रिय प्लेटफर्म पनि आज लगानीकर्ताहरुका लागि सुनौलो अवसर बनेको छ ।”

उनले एपमा भिडियो, च्याट लगायतका फिचरहरु छिट्टै उपलब्ध हुने जानकारी पनि गराए। उनले विश्वभरका लगानीकर्ताहरुलाई मिनी आइपीओमार्फत लगानी गर्न आह्वान पनि गरे ।

कानूनी मान्यताअनुसार लगानीकर्तामाझ आएको सगुनले आगामी वर्षको सुरुमै सेकेण्डरी आइपीओमा जाने लक्ष्य राखेको उनले बताए ।

फेसबुक, ट्वीटरजस्ता ठूला कम्पनी सगुनको जस्तै चरणमा रहेको बेला तिनमा सर्वसाधारणको लगानीका लागि कुनै अवसर नभएको बताउँदै गिरीले भने, ‘तर, सगुनले भने सर्वसाधारणका लागि लगानीको वातावरण बनाएको भन्दै गिरीले नेपाली डायस्पोराका लागि यो लगानीको नयाँ र उत्तम अवसर भएको बताए ।’

संस्थापक गिरीले अहिले फेसबुकले नेपालबाट वर्षेनी २२ अर्ब रुपैयाँ विज्ञापनबाट आम्दानी गर्ने गरेको अनुमान गरिएको बताउँदै सगुनले त्यो रकम नेपालमै रोक्न चाहेको बताए। “हामीले नेपालीबाट प्राप्त गरेको मुनाफा नेपालकै आर्थिक समृद्धि र विकासका लागि प्रयोग गर्ने छौं। यसमा ढुक्क हुनुस्, नेपालबाट कमाएको सबै पैसा हामी नेपालमै रोजगारी र आर्थिक विकासका लागि प्रयोग गर्छौ“,” उनले भने।

संस्थापक गिरीले आफुले सन् २०१४ मा अमेरिकाको प्रतिष्ठित जागिर छाडद आफुसंग जम्मा १,३०० डलर रहेको र सहसंस्थापक सिटौलासंग मिलेर स्थापना गरेको कम्पनी सगुन इंकलाई सन् २०२३ मा न्यूयोर्क स्टक एक्सचेन्जमा दर्ता हुने प्रवासी नेपालीहरुले स्थापना गरेको पहिलो कम्पनी बनाउने आफ्नो सपना रहेको बताए। उनले ‘एग्रीगेट न्युज’ को क्षेत्रमा आफुहरुले काम गरिरहेको र नेपाली मिडियासंग दीर्घकालीन रुपमा साझेदारको रुपमा काम गर्न चाहेको बताए। “एउटा कम्पनीको रुपमा सगुनको वृद्धि हुँदै जाँदा संसारभरि रहेका नेपाली मिडिया पनि अवश्य लाभान्वित हुने छन्,” उनले भने।

सेप्टेम्बर महिनाभर लगानीको अवसर

सगुनले “ग” श्रेणीको साधारण शेयर मिनि ९आइपिओ० प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गरिरहेको छ । आगामी सेप्टेम्बर ३० तारिख सम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले आइपिओ खरिद गर्न पाउनेछन् । नेपालको कानून अनुसार नेपालबाट विदेशी कम्पनीहरुमा लगानी गर्न नपाइने त्यस्तै अमेरिकी कानूनले उत्तर कोरिया र इरानका नागरिकहरुलाई अमेरिकी कम्पनीहरुमा लगानी गर्न रोक लगाएको छ ।

कम्तिमा ३० कित्ता शेयर नौ सय डलरमा खरिद गर्न सकिने प्रावधान रहेको छ । सन् २०२१ को शुरुमा सेकेण्डरी आइपिओमा जाने रणनीति रहेकोले पनि मिनि आइपिओमार्फत लगानीको अवसर यो भ्यालुएशनमा यही नै अन्तिम पटक हुने सगुनका सहसंस्थापक कविन सिटौलाले जनाए।

सगुनको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले https://www.sagoon.com/invest मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ ट्याब छनोट गरी लगानीका लागि आवेदन दिन सक्नेछन् ।

अहिले संसारभरि सगुनका प्रयोगकर्ताहरु ८१ लाख बढी रहेको सो कम्पनीले जनाएको छ ।

कार्यक्रममा सगुनका नेपाल कन्ट्री म्यानेजर आनन्द बज्राचार्य तथा सगुनकी सह संस्थापक स्वाति दयालले क्रमशः नेपाल र भारतमा सगुनका सेवा तथा उत्पादनबारे जानकारी दिएका थिए। सगुनका प्रयोगकर्ता विशेषगरी अमेरिका, नेपाल र भारतसहित दक्षिण एसियाली मुलुकमा बढिरहेका छन् ।

नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसंग सगुनको सम्झौता भइसकेको र अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन नविल बैंकसग छिट्टै सहकार्य गर्न लागेको सगुनले जनाएको छ । नेपालमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूमध्ये सगुन ५ औं स्थानमा छ।

सगुनका ग्लोबल कोर्डिनेटर सूर्य गुरुङले स्टार्ट अप कम्पनीमा गरिएको लगानी दीर्घकालिन लगानी भएको बताउंदै लगानी गर्नासाथ प्रतिफल खोज्ने सोच राख्न उपयुक्त नहुने बताए। बरु यस्तो स्टार्ट अप कम्पनीमा लगानी गर्न विरलै पाइने अवसर प्राप्त भएकोमा लगानीकर्ताहरु खुसि हुनु पर्छ, उनले भने ।

उनले भविष्यको लागि र सगुनको भिजनमा साथ दिने र विश्वास गर्ने सबै धन्यवादका पात्र भएको बताए । उनले सगुनको यात्रा धेरै अघि बढेको र यो यात्रामा कोही प्रवासी नेपाली पनि छुट्नुहुन्न भन्दै विश्वभरका नेपालीसहित अन्य लगाीकर्तालाई समेत जोड्दै जाने बताए।

पत्रकार सम्मेलनमा नेपाल र नेपाल बाहिरका गरी ७० भन्दा बढी पत्रकार र सगुन ग्लोबलका सदस्यहरु सहभागी थिए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ७ : ३२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्