२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

अस्पतालको लापर्वाहीले कोरोना जितिसकेकी महिलाको मृत्यु



वीरगन्ज । अस्पतालमा उपचार गराइरहेका मध्ये गएको सोमबार यता कोभिड अस्पतालमा कसैको मृत्यु नभएको पर्सामा आइतबार एक महिलाको मृत्यु भएको छ ।

कोभिड अस्पतालमा मृत्यु भएपनि उनको कोरोनाले मृत्यु भएको संख्यामा थप हुने अवस्था रहेन । कारण उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना जित्दै गर्दा आइतबार स्थानीय शिक्षिका समेत रहकी उनको कोभिड अस्पतालमा नै मृत्यु भएको हो । दुई पटकको रिपोर्ट पोजेटिभ देखिएको मृतक महिलाको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको छ । तर उनको रिपोर्ट नेगेटिभ आउनु पूर्व नै आइतबार दिउँसो २ बजेर ५५ मिनेटमा कोभिड अस्पताल गण्डकमा मृत्यु भइसकेको नारायणी अस्पतालले जनाएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई दाह संस्कारका लागि परिवारको जिम्मा लगाइएको प्रवक्ता डा अतुलेश कुमार चौरसियाले बताए । फोक्सोमा समस्या भई गएको भदौ १२ गते नै अस्पतालमा भनाए भएकी उनको २२ गते भदौमा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । त्यस यता गण्डक अस्पतालको आइसियुमा नै उपचार भइरहेकी उनको तीब्र श्वास प्रश्वासको कारण मृत्यु भएको डा चौरसियाले बताए ।

मृतक महिलाको फोक्सोमा पानी जमेको र अक्सिजन जरुरी परिरहेको थियो । ‘अस्पतालका स्टाफले समयमा अक्सिजन नदिंदा संक्रमितमध्ये नै हामी केहीले अक्सिजनको अर्को सिलिन्डर जोडिदिन्थ्यौं’, अर्का संक्रमितले भने । हाम्रो वार्ड परिवर्तन भएपछि भने उनलाई अक्सिजनकै कमीले मृत्यु भएको हुने सक्ने ती संक्रमितले ठोकुवा गरे ।

अस्पतालको पूर्ण लापर्वही हो । पानी र अक्सिजन कुनै पनि उचित व्यवस्था बिरामीलाई थिएन उनले भने । तीनचार दिन अगाडी उनैले स्वास्थ्यकर्मीले चासो देखाएनन् भन्दै ती महिलाले बोलेको कुरा भिडियो बनाई सार्वजनिक गरेका थिए । अहिले महिलाको मृत्यु पश्चात महिलाले गुनासो गरेको पुरानो भिडियो स्थानीयमा भाइरल भएको छ ।

त्यो भिडियोमा अस्पतालका स्वास्थ्यकर्मीले स्लाइनपानी र अक्सिजन दिन लापर्वाही गरेको ती महिलाले बताएकी थिइन् ।

अस्पतालमा बसेका संक्रमितहरुले पनि गण्डक अस्पतालको लापर्वाहीले महिलाको मृत्यु भएको दाबी गरेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ७ : ०८ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात