२१ माघ २०८२, बुधबार | February 5, 2026

भारतद्वारा प्याज निर्यातमा फेरि प्रतिबन्ध, अभाव देखाउँदै नेपालमा बढ्यो भाउ



काठमाडौं । भारत सरकारले फेरि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

प्याज निर्यातमा प्रतिबन्ध लागेसँगै नेपालमा फेरि प्याज अभाव हुने देखिएको छ । नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई पुनः प्रभावित हुने भएको छ ।

काटिएको प्याज र पाउडरबाहेक अन्य सबै खाले प्याजको निर्यातमा तत्काल लागुहुनेगरी भारतले सोमबारदेखि प्रतिबन्ध लगाएको थियो ।

प्याजको घरेलु मागलाई पूर्ति गर्न निर्यातमा प्रतिबन्ध लगाइएको भारत सरकारले जनाएको छ ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयले एक सूचना जारी गर्दै विदेशी व्यापार (विकास एवं विनियमन) अधिनियम १९९२ सेक्सन ३ मा दिइएको अधिकार प्रयोग गर्दै सरकारले प्याजको निर्यात नीतिमा संशोधन गरेको हो ।

भारत सरकारको सूचनामा प्याजको सबै प्रकारको निर्यात तत्काल लागु हुने गरी रोक लगाइएको छ ।

भारतले गत वर्ष पनि यसै समयमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । जसका कारण नेपालमा प्याज अभाव देखिएको थियो भने प्याजको मूल्य अत्याधिक बढेको थियो ।

त्यसो त, भारतमा प्याजको मूल्य बढेने वित्तिकै त्यसको मारमा नेपाली उपभोक्ता पर्ने गरेका छन् । भारतको राजधानी दिल्लीमा प्याजको मूल्य बढेर ३५ देखि ४० रुपैयाँ भारु पुगेको छ ।

प्याज लगायत तरकारी उत्पादनको ठूलो सम्भावना भएपनि नेपालमा व्यवसायीक तरकारी खेतीमा न त किसानले ध्यान पुर्याउन सकेका छन् न त राज्यले नै प्याजमा आत्मनिर्भर हुनेगरी योजना बनाएको छ । जसका कारण आफ्नो खेतबारी बाँझो छोड्दै तर विदेशबाट उच्च दरमा तरकारी र फलफूल आयात गर्ने प्रवृति निरन्तर जारी छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ८ : ३७ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता