९ कार्तिक २०८३, सोमबार | October 26, 2026

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने



नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई ३ वर्ष सम्म पाठ्यपुस्तक परिवर्तन गर्न निषेध गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा लागु भएको तीन वर्ष सम्म पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन गरेको हो ।

सूचनामा संस्थागत विद्यालयहरुले हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गरि अभिभावकहरुमा थप आर्थिक बोझ पार्ने काम भएको गुनासो आएको उल्लेख गरिएको छ ।

‘लागु भएको पाठ्यपुस्तक तीन बर्षसम्म परिवर्तन नगर्न हुन र तीन वर्ष पश्चात परिवर्तन गर्नु पर्ने भएमा यस कार्यालयको पूर्व स्विकृति लिएर मात्र गर्नहुन सम्वन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ सूचनामा लेखिएको छ, ‘यस कार्यालयको पूर्व अनुमति विना कुनै विद्यालयले पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ९ : ०५ बजे

खोटाङमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा