१० श्रावण २०८३, आइतबार | July 26, 2026

कोरोना संक्रमितको उपचारबाट सरकार पछाडि हट्दै, लक्षण नभएका संक्रमितको उपचार नगर्ने



बुटवल । सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितको उपचारमा दिंदै आएको नि-शुल्क सेवा बन्द गरेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले लक्षण नदेखिएका तर पीसीआर परीक्षणमा पोजिटिभ रिपोर्ट आएका संक्रमितहरुले आफ्नै खर्चमा उपचार गर्नु पर्ने परिपत्र गरेको छ । यस अघि संक्रमण पुष्टि भएका सबैको उपचार खर्च सरकारले ब्यहोर्दै आएको थियो ।

केन्द्रले परिपत्रमा भनेको छ,  ‘चिन्ह वा लक्षणहरु देखिएका ब्यक्तिहरुको मात्र उपचार ब्यवस्थापन गर्ने; विपन्न नागरिकको उपचार निशुल्क गर्ने र अन्यको अन्यको उपचार आफ्नै खर्चमा गर्ने ।’

प्रत्येक्ष लक्षण देखिएका वा क्वारेन्टिनमा बस्दाको अवस्थामा लक्षण देखिएका वा अग्रपङ्तीमा खटिने स्वास्थ्यकर्मी मध्य उपचारमा खटिने स्वास्थ्यकर्मी, नर्श, प्रयोगशालाका प्राबिधिक र सरसफाईकर्मीको पीसीआर परीक्षणमा भने शुल्क नलाग्ने केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार एन्टिजीन टेष्टको हकमा भने लक्षण वा चिन्ह देखिएको वा उपचारका क्रममा शंकास्पद भेटिएका बिरामीको पीसीआर पनि निशुल्क परीक्षण हुने छ । एन्टिजीन टेष्टलाई ठुलो संख्यामा समुहगतरुपमा बस्ने समूहमामात्र केन्द्रित गर्ने आपतकालीन कार्यसंचालन केन्द्रको परिपत्रमा उल्लेख छ । रोग प्रतिरोधात्मक क्षेमता नभएका दीर्घरोगीहरुको पनि पीसीआर निशुल्क हुने केन्द्रको परिपत्रमा लेखिएको छ ।

केन्द्रको परिपत्र लागु भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुले पनि लक्षण नदेखिएको अवस्थामा सशुल्क पीसीआर परीक्षण गराउनु पर्ने छ भने कोरोना पुष्टि भएमा आफ्नै खर्चमा उपचार गराउनु पर्ने छ ।

केन्द्रले गरेको परिपत्रमा बिदेशबाट आएका नागरिक अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने ब्यवस्थालाई निरन्तरता दिंदै उनीहरुमा लक्षण देखिएको अवस्थामा मात्र पीसीआर निशुल्क गर्ने अन्यथा परीक्षण बिना घर पठाउने ब्यवस्था गर्ने उल्लेख गरिएको छ । बिगत साढे ५ महिना देखि संक्रमण पुष्टि भएकाहरु अनिवार्य आइसोलेसनमा बस्ने ब्यवस्था कार्यान्वयन भईरहेकोमा अवदेखि सबैले होम आइसोलेसनमा बस्न पाउने गरि ब्यवस्था गर्न मतहतका निकायलाई केन्द्रले परिपत्र गरेको छ ।

केन्द्रका अनुसार हवाईमार्गबाट स्वदेश भित्रिएका नागरिकको हकमा काठमाडौका नागरिकहरु होम क्योरेन्टिनमा बस्न पाउने भएकाछन् भने काठमाडौ बाहिरका नागरिक अनिवार्य आफै पैसा तिरेर होटलमा बस्नु पर्ने छ । असहाय तथा बेखर्चीलाई मात्र सरकारले स्थानीय तहको संस्थागत क्वारेन्टिनमा राख्ने ब्यवस्था गरिएको छ ।

स्थलमार्गबाट नेपाल भित्रने नागरिकहरु प्रवेश नाकाकै जिल्ला भए होम क्वारेन्टिनमा बस्न पाउने तथा अर्को जिल्ला जानुपरेको अवस्थामा स्थानीयतहसंग समन्वय गरि होम क्वारेन्टिनमा बस्ने गरि घर पठाउने केन्द्रले नीति बनाएको छ । असहाय र बेखर्चीहरुमात्र सामुदायीक क्वारेन्टिनमा निशुल्क बस्न पाउने केन्द्रको नीतिमा उल्लेख छ ।

केन्द्रले डा. बासुदेव पाण्डे, डा. जागेश्वर गौतम, डा. रमेश खरेल, डा. रघुराम बिष्ट र डा. प्रदिप ज्ञवालीका नाममा निर्णय कार्यान्वयनका लागि परिपत्र गरिएको छ । यता प्रदेश ५ जन स्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले भने निर्देशिका बनेर नआउंदा सम्म यो नीति लागु नहुने स्पष्ट पारे । उनले भने ‘नीति बनाउन निर्देशन गरिएको हो, नीति बनेर निर्देशिका आएपछि लागु होला ।’

 

 

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  १२ : ०६ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले