१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पोखरामा कार्यरत ८ जना प्रहरी सहित गण्डकी प्रदेशमा ५० जना संक्रमित थपिए



पोखरा । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको बुधबारको पहिलो अद्यावधिक विवरण अनुसार कास्कीका २९ जना, बागलुङका ३ जना, तनहुँका ५ जना र गोरखाका १३ जना छन् ।

कास्की संक्रमित पोखरा र रुपा, बागलुङका गलकोट, बडिगाड र बागलुङ, तनहुँको व्यास र घिरिङ र गोरखाका शहिद लखन, बारपाक सुलिकोट, भीमसेनथापा र गोरखाका रहेका छन् ।

पोखरा–४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन् । पोखरा–१५ कै ४० बर्षका २ जना पुरुषहरु, वडा नं २७ का २८ बर्षीय पुरुष, वडा नं ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।

रुपा–१ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका छन् । वडा नं १ का २५ बर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

त्यस्तै, तनहुँ जिल्ला घिरिङका ३ जना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् । बाग्लुङ जिल्ला गल्कोट–३ का ३७ वर्षीय र बाग्लुङ–१ का ४६ वर्षीय २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ७ : १८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्