३१ भदौ २०८३, बुधबार | September 17, 2026

पोखरामा कार्यरत ८ जना प्रहरी सहित गण्डकी प्रदेशमा ५० जना संक्रमित थपिए



पोखरा । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको बुधबारको पहिलो अद्यावधिक विवरण अनुसार कास्कीका २९ जना, बागलुङका ३ जना, तनहुँका ५ जना र गोरखाका १३ जना छन् ।

कास्की संक्रमित पोखरा र रुपा, बागलुङका गलकोट, बडिगाड र बागलुङ, तनहुँको व्यास र घिरिङ र गोरखाका शहिद लखन, बारपाक सुलिकोट, भीमसेनथापा र गोरखाका रहेका छन् ।

पोखरा–४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन् । पोखरा–१५ कै ४० बर्षका २ जना पुरुषहरु, वडा नं २७ का २८ बर्षीय पुरुष, वडा नं ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।

रुपा–१ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका छन् । वडा नं १ का २५ बर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

त्यस्तै, तनहुँ जिल्ला घिरिङका ३ जना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् । बाग्लुङ जिल्ला गल्कोट–३ का ३७ वर्षीय र बाग्लुङ–१ का ४६ वर्षीय २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ७ : १८ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै