५ श्रावण २०८३, मंगलबार | July 21, 2026

घटना भएको २३ वर्ष पछि फरार अभियुक्त पक्राउ



नेपालगन्ज । २३ वर्ष पहिले गोली प्रहार गरि ब्यक्ति हत्या गरेर फरार रहेका एकजना फरार अभियुक्तलाई २३ वर्ष पछि बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको साविक रनियापुर हाल खजुरा गाँउापालिका ८ का नुर सलाम खाँलाई गोली प्रहार गरि हत्या गरेर फरार रहेका आजाद खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

२०५४ साल चैत्र ७ गते तत्कालिन रनियापुर गाँउ बिकास समितिको चमकदारपुरमा १९ वर्षिय नुर सलाम खाँको गाली प्रहारबाट ज्यान गएको थियो । गाली प्रहारबाट घाईते भएका नुर सलामको घाँटी रेटेर हत्या गरिएको थियो । तत्काल हत्यालाई राजनितिक रङ्ग दिन खोजिएपनि मृतकको परिवारको किटानी उजुरीका आधारमा प्रहरीले आजाद खाँ बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो ।

फरार अभियुक्त घरमा आएको गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय धनौलीको टोलीले घरमा छापा हानी आजाद खाँलाई पक्राउ गरिएको बाँके प्रहरीका प्रवक्ता नायव प्रहरी उपरिक्षक सुवास खड्काले जानकारी दिए ।

प्रहरीले चलाएको कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले २०७२असोज १७ गते २० वर्ष कैद सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  १० : ०० बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत