१ चैत्र २०८२, आइतबार | March 15, 2026

पूर्वी नवलपरासीमा १२ सहित गण्डकीमा थपिए २३ नयाँ संक्रमित



कावासोती । गण्डकी प्रदेशमा बिहीबार बिहान थप २३ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका मध्ये सबैभन्दा धेरै पूर्वी नवलपरासीका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार पूर्वी नवलपरासीमा १२ जना संक्रमित थपिएका हुन् ।

चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणका क्रममा थप १२ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पूर्वी नवलपरासीमा थपिएका संक्रमित सबैभन्दा धेरै गैडाकोट नगरपालिकाका रहेका छन । गैडाकोट नगरपालिका वडा नं १, २, ४, ८, १० र १३ का गरी ७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी जिल्लाकै मध्यविन्दुु र देवचुली नगरपालिकामा २/२ जनामा संक्रमण देखिएको छ । त्यस्तै कावासोती नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमै गरिएको परीक्षणमा तनहुँ आबुँखैरेनीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी पोखरास्थित क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ४ जना, बागलुङका ४ जना र गोरखाका २ जनामा संक्रमण पुष्टित भएको छ ।

बागलुङको बागलुङ नगारपालिका वडा नं. ६,१० र १३ का ३ जना र तमानखोला १ का १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, गोरखाको अजिरकोट र बारपाक सुलिकोटका एक एक जना रहेका छन् ।

यससँगै गण्डकीमा कूल संक्रमितको संख्या ३ हजार २ सय १ पुगेको छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ८ : ५१ बजे

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमतिपछि मात्रै रिपोर्टिङ

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमति पछि मात्रै रिपोर्टिङस् इस्रायल,

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो