१० भदौ २०८३, बुधबार | August 26, 2026

सचिवालय सदस्यलाई कोरोना पुष्टि भएपछि काँग्रेस सभापति देउवा कन्ट्रयाक्ट ट्रेसिङमा



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।

देउवाको निजी सचिवालयमा कार्यरत एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसँगै देउवा कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन् ।

देउवा अहिले आफ्नै घरमा होम आइसोलेसनमा बसेका छन् । देउवाको शुक्रबार स्वाव परीक्षण गरिने उनका सहयोगी भानु देउवाले जानकारी दिए ।

देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ ।

देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ।

लामो समयदेखि संवैधानिक आयोगका रिक्त पदबारे छलफल गर्न आजका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका शिर्ष नेताको बैठक बोलाउने तय भएको थियो ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा आज बैठक बोलाउने सहमति भएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  १० : २७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त