२१ मंसिर २०८२, आइतबार | December 7, 2025

राष्ट्रियसभामा बामदेव गौतम : सभाको मर्यादा र गरिमा गिराउने काम नगर्ने प्रतिवद्धता



काठमाडौं । राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित कोटामा सांसद बनेका नेकपा उपाध्यक्ष बामदेव गौतमले सपथ लिएका छन् ।

राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष गौतमले पद तथा गोपनीयताको सपथ लिएकाछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा बिहीबार नै मनोनयन गरेकी थिइन ।

सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त सांसद गौतमले राष्ट्रिय सभाको मर्यादा र गरिमालाई गिराउने काम नगर्ने प्रतिवद्धता जनाए । गौतमले जनताप्रति बफादार भएर भूमिका निभाउने बताए ।

उनले सभाको नियमावली अनुसार काम गर्ने जनाउँदै आफुलाई मनोनयन गर्न सिफारिस गर्ने र मनोनित गर्ने पार्टी, सरकार र राष्ट्रपतिप्रति आभार प्रकट गरे ।

गौतमले देशलाई समाजवादमा लैजानेबाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै त्यो स्वार्थ पुरा गर्न संकल्प पुरा गर्ने जिकिर गरे ।

सत्तारुढ नेकपाले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नका लागि सरकारलाई सुझाव दिएको थियो । नेकपाको सुझाव अनुसार सरकारले राष्ट्रपतिसमक्ष मनोनयनको सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ५ : ०४ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन