१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कृषि विश्वविद्यालयमा दुई महिनादेखि तालाबन्दी



चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ ।

विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरु सहितले विश्वविद्यालयमा साउन १२ गते तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी सङ्कायमा पनि तालाबन्दी गरेका छन् । सङ्गठनका अध्यक्ष अचल शाक्यले त्यहाँ कार्यरत २४ करार कर्मचारीलाई स्थायी र ८५ ज्यालादारी कर्मचारीलाई करारसहितका विभिन्न माग राख्दै तालाबन्दी गरिएको बताए ।

हाल उपकुलपतिको जिम्मेवारी पाएकी डा शारदा थपलियाले आफ्नो अधिकारबाहिर गएर अन्य सबै काम गरेको भए पनि आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा अनुदार भएकै कारण तालाबन्दी गर्नुपरेको शाक्यको भनाइ छ । यता थपलियाले अहिले तत्काल सङ्गठनको माग सम्बोधन गर्न नसकिने जानकारी दिए ।

उनले भने, ‘नेपाल सरकारको नीति नियमले उहाँहरुले भने जस्तो गरी माग सम्बोधन गर्न सकिँदैन, यस विषयमा वार्ताका लागि अनुसन्धान निर्देशक डा नवराज देवकोटाको संयोजकत्वमा समिति बनाइएको छ तर उहाँहरू वार्ता गर्न आउनुुभएको छैन ।’ सो विश्वविद्यालयमा एक वर्षअघि दैनिक काम काज गर्ने गरी जिम्मेवारी पाएका थपलियाले नै उपकुलपतिको काम गर्दै आएका छिन् ।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र रजिष्ट्रार पद रिक्त छ । कृषि र भेटेरिनरी सङ्कायमा निमित्तको रुपमा उपकुलपतिको जिम्मेवारी पाएकी थपलियाले निमित्त डीनहरु नियुक्त गरेकी छिन् ।

अधिकांश पदाधिकारी निमित्त भएकाले विश्वविद्यालय पछिल्लो समय अस्तव्यस्त बनेको हो । रजिष्ट्रार नहुँदा विश्वविद्यालयसभा अझै हुन सकेको छैन । रासस

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ४७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान