८ बैशाख २०८१, शनिबार | April 20, 2024

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, प्रदे्शमा संक्रमितको संख्या ३२९१ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको शुक्रबार बिहानको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार प्रदेशका तीन जिल्ला स्याङ्गजा, तनहुँ र नवलपुरका ११ जनामा कोरोना पुष्टि भएको हो ।

बिपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा स्याङ्गजाका पालिका नखुलेको ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यता चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा तनहुँको देवघाट गाउँपालिका वडा नं ५ का २७ र ५८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भने, नवलपुरको ३ जना पालिका नखुलेको ४ वर्षीय वालक, २५ वर्षीय पुरुष र ४५ वर्षीया महिला, गैंडाकोट नगरपालिका २, १ र ६ का क्रमशस् ३० वर्षीय पुरुष, ६५ वर्षीय पुरुष र २७ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै जिल्लाकै कावासोती नगरपालिका ८ का २१ वर्षीय पुरुष र देवचुली नगरपालिका १२ का २१ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैजना परीक्षण गरिएको अस्पतालकै आइसोलेसनमा बसेका छन् । यो, संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३२९१ पुगेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ११ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको