३१ भदौ २०८३, बुधबार | September 17, 2026

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, प्रदे्शमा संक्रमितको संख्या ३२९१ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको शुक्रबार बिहानको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार प्रदेशका तीन जिल्ला स्याङ्गजा, तनहुँ र नवलपुरका ११ जनामा कोरोना पुष्टि भएको हो ।

बिपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा स्याङ्गजाका पालिका नखुलेको ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यता चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा तनहुँको देवघाट गाउँपालिका वडा नं ५ का २७ र ५८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भने, नवलपुरको ३ जना पालिका नखुलेको ४ वर्षीय वालक, २५ वर्षीय पुरुष र ४५ वर्षीया महिला, गैंडाकोट नगरपालिका २, १ र ६ का क्रमशस् ३० वर्षीय पुरुष, ६५ वर्षीय पुरुष र २७ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै जिल्लाकै कावासोती नगरपालिका ८ का २१ वर्षीय पुरुष र देवचुली नगरपालिका १२ का २१ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैजना परीक्षण गरिएको अस्पतालकै आइसोलेसनमा बसेका छन् । यो, संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३२९१ पुगेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ११ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै