४ श्रावण २०८३, सोमबार | July 20, 2026

जनरल इन्स्योरेन्सले असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै, असोज १४ गतेसम्म आवेदन दिन सकिने



काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर आईपीओ निष्काशन गर्न लागेको हो । निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ भने बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्टाइएको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड तोकेको छ।

लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।  यस्तै कम्पनीले गत आर्थिक बर्षमा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १२ : ०२ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री