१५ बैशाख २०८१, शनिबार | April 27, 2024

जनरल इन्स्योरेन्सले असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै, असोज १४ गतेसम्म आवेदन दिन सकिने



काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर आईपीओ निष्काशन गर्न लागेको हो । निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ भने बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्टाइएको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड तोकेको छ।

लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।  यस्तै कम्पनीले गत आर्थिक बर्षमा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १२ : ०२ बजे

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र