२८ भदौ २०८३, आइतबार | September 13, 2026

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा पनि केन्द्रीय सदस्य



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित भएर देउवा समुहमा रहेका केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा केन्द्रीय सदस्यको हैसियत पाउने भएका छन्।

आज (आइतबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४ औ महाधिवेशनबाट निर्वाचित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय समितिमा केन्द्रीय सदस्यको हैसियत दिलाउने निर्णय गरेको हो।

विशेष महाधिवेशनमा भाग नलिएका पूर्व केन्द्रीय समितिमा रहेकाहरूलाई केन्द्रीय सदस्यको हैसियतमा ल्याउन विधानमा आवश्यक व्यवस्था गरिने निर्णय भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

पार्टीका तत्कालीन केन्द्रीय समितिका सदस्यहरुलाई केन्द्रीय सदस्यहरुको हैसियतमा ल्याउन विधानबमोजिम आवश्यक प्रवन्ध गर्ने निर्णय भएको उनले बताएका हुन् ।

यो निर्णयसँगै अब संस्थापनइतर पक्षका १४ औँ महाधिवेशनबाट निर्वाचितहरू केन्द्रीय सदस्यको हैसियत पाउनेछन्।

साथै बैठकले गतवर्षको पुसमा नवीकरण गरेका क्रियाशील सदस्यहरू जसले अहिले अद्यावधिक गरेका छैनन् उनीहरूले पनि १५ औँ महाधिवेशनमा भाग लिने पाउने निर्णय गरेको चालिसेले बताए।

 

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  १० : ०२ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले