२६ आश्विन २०८३, सोमबार | October 12, 2026

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना



नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट दुई हजार ८०० बढी नयाँ रोजगारी सिर्जना भएका छन् ।

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य प्रशासनअन्तर्गत दर्ता भएका ६२७ उद्योग र ६२६ वाणिज्य फर्मबाट दुई हजार ८६१ जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्तिमगरले जानकारी दिए ।

उनका अनुसार एक हजार ६८८ पुरुष र एक हजार १७३ महिलाका लागि रोजगारी सिर्जना भएको हो । यो अवधिमा ४३६ पुरुष र २३७ महिला गरी ६७३ जना नयाँ उद्यमी उत्पादन भएका छन् ।

गत आवमा ६२७ नयाँ उद्योग दर्ता भएसँगै बाँकेमा कुल उद्योग सङ्ख्या १५ हजार ८०७ पुगेको छ । यस अवधिमा एक हजार १०१ उद्योग नवीकरण भएका छन् भने २६५ उद्योग खारेजीमा परेका अधिकृत घर्तिमगरले जानकारी दिए । आव २०८१/८२ मा ६५७ दर्ता, एक हजार ४२ नवीकरण र ३०९ खारेजी भएका थिए ।

वाणिज्यतर्फ ६२६ नयाँ फर्म दर्ता भई कुल दर्ता सङ्ख्या २१ हजार ९८० पुगेको छ । एक हजार ६८८ फर्म नवीकरण र ३५६ फर्म खारेज भएका निमित्त प्रमुख उद्योग अधिकृत घर्तिमगरले बताए । आव २०८१/८२ मा ७१२ दर्ता, एक हजार ६६१ नवीकरण र ५२७ खारेजी भएका थिए ।

कार्यालयले व्यावसायिक नियमन तथा गुणस्तर कायम राख्न वर्षभरिमा सात पटक बजार अनुगमन र ११ पटक उद्योग निरीक्षण गरेको उनले जानकारी दिए । मगरका अनुसार आव २०८२/८३ मा कार्यालयका लागि विनियोजित कुल बजेट रु तीन करोड तीन लाख ९२ हजार रहेकामा कुल खर्च रु दुई करोड २५ लाख १२ हजार ९५० भएको छ । समग्र रूपमा यस कार्यालयको कुल वित्तीय प्रगति ७४ दशमलव शून्य आठ प्रतिशत हासिल भएको छ ।

गत आर्थिक वर्षमा कुल राजस्व सङ्कलन रु एक करोड ६३ लाख सात हजार ७९५ भएको उद्योग अधिकृत घर्तिमगरले जानकारी दिए । अघिल्लो आवमा रु एक करोड ९७ लाख ३१ हजार ७८५ राजस्व सङ्कलन भएको थियो । राजस्व सङ्कलन घट्नुको मुख्य कारण उद्योग तथा वाणिज्यको नयाँ दर्तामा आएको सामान्य शिथिलता, स्थानीय तहमा दर्ता सुरुआत, प्रदेश सरकारबाट भएको छुट सुविधा र खारेजीमा वृद्धि हुनुलगायत रहेका निमित्त प्रमुख उद्योग अधिकृत घर्तिमगरको भनाइ छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ३ : १२ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई