२८ भदौ २०८३, आइतबार | September 13, 2026

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना



नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट दुई हजार ८०० बढी नयाँ रोजगारी सिर्जना भएका छन् ।

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य प्रशासनअन्तर्गत दर्ता भएका ६२७ उद्योग र ६२६ वाणिज्य फर्मबाट दुई हजार ८६१ जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्तिमगरले जानकारी दिए ।

उनका अनुसार एक हजार ६८८ पुरुष र एक हजार १७३ महिलाका लागि रोजगारी सिर्जना भएको हो । यो अवधिमा ४३६ पुरुष र २३७ महिला गरी ६७३ जना नयाँ उद्यमी उत्पादन भएका छन् ।

गत आवमा ६२७ नयाँ उद्योग दर्ता भएसँगै बाँकेमा कुल उद्योग सङ्ख्या १५ हजार ८०७ पुगेको छ । यस अवधिमा एक हजार १०१ उद्योग नवीकरण भएका छन् भने २६५ उद्योग खारेजीमा परेका अधिकृत घर्तिमगरले जानकारी दिए । आव २०८१/८२ मा ६५७ दर्ता, एक हजार ४२ नवीकरण र ३०९ खारेजी भएका थिए ।

वाणिज्यतर्फ ६२६ नयाँ फर्म दर्ता भई कुल दर्ता सङ्ख्या २१ हजार ९८० पुगेको छ । एक हजार ६८८ फर्म नवीकरण र ३५६ फर्म खारेज भएका निमित्त प्रमुख उद्योग अधिकृत घर्तिमगरले बताए । आव २०८१/८२ मा ७१२ दर्ता, एक हजार ६६१ नवीकरण र ५२७ खारेजी भएका थिए ।

कार्यालयले व्यावसायिक नियमन तथा गुणस्तर कायम राख्न वर्षभरिमा सात पटक बजार अनुगमन र ११ पटक उद्योग निरीक्षण गरेको उनले जानकारी दिए । मगरका अनुसार आव २०८२/८३ मा कार्यालयका लागि विनियोजित कुल बजेट रु तीन करोड तीन लाख ९२ हजार रहेकामा कुल खर्च रु दुई करोड २५ लाख १२ हजार ९५० भएको छ । समग्र रूपमा यस कार्यालयको कुल वित्तीय प्रगति ७४ दशमलव शून्य आठ प्रतिशत हासिल भएको छ ।

गत आर्थिक वर्षमा कुल राजस्व सङ्कलन रु एक करोड ६३ लाख सात हजार ७९५ भएको उद्योग अधिकृत घर्तिमगरले जानकारी दिए । अघिल्लो आवमा रु एक करोड ९७ लाख ३१ हजार ७८५ राजस्व सङ्कलन भएको थियो । राजस्व सङ्कलन घट्नुको मुख्य कारण उद्योग तथा वाणिज्यको नयाँ दर्तामा आएको सामान्य शिथिलता, स्थानीय तहमा दर्ता सुरुआत, प्रदेश सरकारबाट भएको छुट सुविधा र खारेजीमा वृद्धि हुनुलगायत रहेका निमित्त प्रमुख उद्योग अधिकृत घर्तिमगरको भनाइ छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ३ : १२ बजे

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),