२८ भदौ २०८३, आइतबार | September 13, 2026

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल



चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्याकको आज सफल परीक्षण गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यास बुलेट सञ्चालन गरेर परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि क्रमशः अन्य सवारीसाधन सञ्चालन गराइएको उनले जानकारी दिए । उनले निरन्तर काम गरेर आज नयाँ ट्याकबाट सवारीसाधन सञ्चालन गराउन सफल भएको बताए ।

कार्यस्थलमा खटिएका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटाले सुरुमा खाली ग्यास बुलेट दुवैतर्फ पठाएर परीक्षण गरिएको र सफल भएपछि पालैपालो अन्य सवारीसाधन पास गराइएको जानकारी दिए । उनले भने, “सुरुमा खाली ग्यास बुलेट पठायौँ । त्यो परीक्षण सफल भएपछि क्रमशः पालैपालो दुवैतर्फ सवारीसाधन पास गराएका हौँ ।” उनले नयाँ ट्याकबाट करिब ५० वटा सवारीसाधन सञ्चालन गराइसकिएको जानकारी दिए । उनका अनुसार आज परीक्षणका लागि मात्रै नयाँ ट्याकबाट सवारीसाधन सञ्चालन गरिएको हो । निरन्तर भित्ता काटेर निर्माण गरिएको नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि परीक्षण गरिएको उनले बताए ।

इञ्जिनियर देवकोटाका अनुसार भोलिदेखि उक्त स्थानमा ग्राभेल बिछ्याउने काम सुरु गरिनेछ । त्यससँगै नाली निर्माण, पानी सोस्ने तथा तर्काउने व्यवस्था मिलाउने र सडकमाथि देखिएका चिरा पुर्ने काम पनि अघि बढाइनेछ । उनले थपे, “थप समस्या नआएमा तीन दिनभित्र यी काम सकाएर नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने लक्ष्य छ । ”

सूचना अधिकारी मिश्रका अनुसार नयाँ ट्याक करिब २५२ मिटर लामो छ । सडकको चौडाइ सात मिटर र नाली एक मिटर चौडा रहेको छ । पुरानो भासिएको सडक भएको स्थानबाट नयाँ ट्याक पाँचदेखि १० मिटरसम्मको उचाइमा छ । उनले भने, “अहिलेसम्म कामका क्रममा थप समस्या देखिएको छैन । मौसमले साथ दिएमा र थप समस्या केही नआएमा तीन–चार दिनभित्र आवश्यक काम सम्पन्न गरेर नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना छ । ”

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ९ : ४६ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले