१ चैत्र २०८२, आइतबार | March 15, 2026

ओहो ! एकै दिन थपिए २ हजार २० नयाँ संक्रमित



काठमाडौं । आज असोज २ गते शुक्रबार । नेपालमा कोरोना भाइरसका २ हजार २० जना संक्रमित थपिएका छन् ।

११ हजार ४५८ पीसीआर परीक्षण गर्दा २ हजार २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

एकै दिन यतिधेरै संख्यामा संक्रमित थपिएको यो नै पहिलो पटक हो । यसँगै हालसम्म संक्रमित हुनेको संख्या ६१ हजार ५९३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या शुक्रबार १७ हजार ३८३ रहेको छ ।

जसमध्ये संस्थागत आइसोलेनमा ९ हजार २९५ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

शुक्रबार ८७१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ४ : २१ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना