३ पुस २०८२, बिहिबार | December 18, 2025

ओहो ! एकै दिन थपिए २ हजार २० नयाँ संक्रमित



काठमाडौं । आज असोज २ गते शुक्रबार । नेपालमा कोरोना भाइरसका २ हजार २० जना संक्रमित थपिएका छन् ।

११ हजार ४५८ पीसीआर परीक्षण गर्दा २ हजार २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

एकै दिन यतिधेरै संख्यामा संक्रमित थपिएको यो नै पहिलो पटक हो । यसँगै हालसम्म संक्रमित हुनेको संख्या ६१ हजार ५९३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या शुक्रबार १७ हजार ३८३ रहेको छ ।

जसमध्ये संस्थागत आइसोलेनमा ९ हजार २९५ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

शुक्रबार ८७१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ४ : २१ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको