१ चैत्र २०८२, आइतबार | March 15, 2026

कृषिमन्त्री भुषालको स्वीकारोक्ति – ठेकेदारले बद्मासी गरे, समयमा मल ल्याउन सकेनौं



काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुषालले साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अघि बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको स्वीकार गरे ।

मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने जिकिर गरे ।

विगत ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरुका लागि समस्या उत्पन्न भएको उनले जिकिर गरे ।

मन्त्री भुषालले भने, ‘‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन । सम्झौता गरेपछि एलसी गर्न आएनन । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुप-यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ ।

असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आए रवितरण गर्नुपर्ने थियो । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’’

मन्त्री भूसालले यो वर्ष विगतभन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको बताए । कोरोना गर्दा श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उनले जिकिर गरे ।

विगतमा किसानहरुले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफै ल्याउने गरेपनि यो वर्ष लक डाउनका कारण सम्भव नभएपछि समस्या भएको उहाँको भनाई छ ।

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।

कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६(०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्रअनुसार २५—२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ६ : ३६ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना