२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

रुपन्देही उद्योग संघको उद्योग अवलोकन जारी, संरक्षण तथा राहतको प्याकेज ल्याउन माग



बुटवल । रुपन्देही उद्योग संघले कोरोना संक्रमणबाट औद्योगिक क्षेत्रमा परेको प्रभाव तथा उद्योग सञ्चालनमा भैरहेको कठिनाइका बारेमा प्रत्यक्ष अवलोकन अध्ययन गर्ने अभियानलाई जारी राखेको छ ।

संघले आफ्ना सदस्य उद्योगहरुसहित रुपन्देहीमा कोरोना संक्रमणले आर्थिक क्षेत्रमा परिरहेको असरका बारेमा जानकारी लिन उद्योगहरुको स्थलगत अवलोकन गरेको जनाएको छ ।

यसैक्रममा शुक्रवार संघको एक टोलीले नेपाल कै ठूलो उद्योग पञ्चकन्या इन्डष्ट्रिज प्रालीको अध्ययन अवलोकन गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी दिए । टोलीले भैरहवा–बुटवल सडक अन्तरगत पडसरीमा रहेको पञ्चकन्या स्टिलमा पुगेर त्यहाको उत्पादन तथा सञ्चालनको अवस्थाका बारेमा जानकारी लिदै कोरोना संक्रमणले उत्पादनमा पारेको असर तथा आगामी सञ्चालन प्रक्रियाका विषयमा जानकारी लिदै सञ्चालनसंग छलफल गरेको जनाइएको छ ।

उद्योगको अवलोकनपछि उद्योग परिसरमा भएको छलफल कार्यक्रममा बोल्दै संघका अध्यक्ष बाबुराम वोहाराले संकटको वेलामा पनि सुरक्षाका सबै प्रवन्ध मिलाएर धेरै चुनौतिहरुको सामना गर्दै उद्योग सञ्चालन गर्नु उद्योगीहरुको बाध्यता तथा अवस्थाप्रति राज्यलाई ध्यान पु¥याउन उनीहरुका समस्या सम्बोधन गर्नेतर्फ गम्भिर बन्न आग्रह गरे । अध्यक्ष बोहोराले नेपाली उद्योगहरु सधै गलत निती र प्रक्रियाका कारण प्रताडित हुनु परिरहेको अवस्थामा कोरोना संक्रमणले थप पिडा थपेको बताउदै राज्यले नेपाली उद्योगहरुको संरक्षण र दिगोपनाका लागि संरक्षण तथा राहातको प्याकेज ल्याउन जरुरी भएको धारणा राखे ।

अध्यक्ष बोहोराले कोरानाका कारण उद्योग चलाउन नयाँ चुनौती थपिएको भन्दै कामका दौरानमा हामीले नसोचेको परिश्थितीको सामना गर्नु पर्दो रहेछ भन्ने भोगाई हामी सबैले अनुभव गरेको हुदा समयअनुसार आएका चुनौतीको सामना गर्ने क्षमताको विकास गर्न आग्रह गरे ।
सो अवसरमा संघका वरिष्ट उपाध्यक्ष माधव पौडेलले हाम्रो पुस्ताले भोगेको यो समस्या नयाँ भएको र त्यसले उद्योगधन्दासहित सम्पूर्ण जनजिवन नै मारमा परेको भन्दै यसले हामी उद्योगीहरुलाई २ वर्ष पर धकेलेको बताए । उनले उद्योगको उत्पादन तथा व्यापार व्यवसाय ठप्प भएपछि बैंकको व्याज, कर्मचारीको तलब व्यवस्थापनमा हामीले ठूलो समस्या झेल्नु परेको भएपनि विगतबाट सचेत हुदै असहजतामा व्यावसायिक मँन्यता सच्याउने मौका पनि मिलेको धारणा राखे ।

अवलोकन टोलीलाई उदोगका बारेमा पञ्चकन्या गु्रपका उपाध्यक्ष तथा उद्योगका सञ्चालक ध्रुव कुमार श्रेष्ठले कोरोना भाईरसले विश्वका मानिसहरुको सम्पूर्ण जिवन चर्चा नै फेरि दिए जस्तै हामी नेपालीहरुको पनि दिन चर्या फेरिदिएको बताए । यसको अवसर उद्योग उत्पादनमा पनि परेको बताउदै राज्यले उद्योगलाई हेर्ने सोचमा परिर्वतन नहुदासम्म नेपालमा औद्योगिक विकास राम्रोसंग अगाडी बढ्ने निश्चित रहेको धारणा राखे ।

संघको टोलीमा संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेल, द्वितिय उपाध्यक्ष कृष्ण पराजुली, महासचिव जीवकान्त काफ्ले, महिला सचिव माया खनाल, सहकोषाध्यक्ष गिरीराज गैरे राजु तथा संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीको सहभागिता रहेको थियो ।

संघको टोलीले आजै घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीमा सरुवा भएर आउनु भएका नवनियुक्त कार्यालय प्रमुख लक्ष्मण लम्साललाई पनि भेट गरेको थियो । टोलीले नवनियुक्त कार्यालय प्रमुख लम्साललाई कार्यालयमा पुगेर स्वागत गर्दै रुपन्देहीको उद्योग क्षेत्रको विकासका लागि संघसंग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरेको थियो ।

त्यस अवसरमा लम्सालले नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरुको भावना र आवश्यक्ता अनुसार राज्यले तय गरेको नीति र नियममा रहेर सहकार्य गर्न कुनै कमी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ३३ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र