२४ बैशाख २०८१, सोमबार | May 6, 2024

गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित, प्रदेशमा संक्रमितको संख्या ३३५१ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी शनिबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका चार जिल्लाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो संक्रमितहरु नवलपुर, पर्वत, स्याङ्गजा र लमजुङका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर बुलिङटार गाउँपालिका वडा नं ६ का ४० र ४५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिका ४ का ३५ र ५६ वर्षका पुरुष, र ३३ वर्षीया महिला, हुप्सेकोट ३ का ४५, २४ र ५८ वर्षका पुरुष, ४२ र ५६ वर्षीया महिला र हुप्सेकोट ५ का ३७ वर्षीया महिलाको को परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

यता पर्वतको कुश्मा नगरपालिका १ का ५७ वर्षीया महिला र वडा नखुलेका एक ३५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

यस्तै स्याङ्गजा फेदीखोला गाउँपालिका वडा नखुलेका २१ वर्षीय युवकको रिपोर्ट पनि पोजेटिभ आएको छ भने, लमजुङ मध्यनेपाल नगरपालिका ६ का ४२ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये पर्वत कुश्माका ३५ वर्षीय संक्रमित नेपाल आर्मीमा कार्यरत छन् । नवलपुर हुप्सेकोट ५ का ३७ वर्षीया महिला स्वास्थ्य स्वयं सेविका हुन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३३५१ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : ४९ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa