५ श्रावण २०८३, मंगलबार | July 21, 2026

गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित, प्रदेशमा संक्रमितको संख्या ३३५१ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी शनिबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका चार जिल्लाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो संक्रमितहरु नवलपुर, पर्वत, स्याङ्गजा र लमजुङका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर बुलिङटार गाउँपालिका वडा नं ६ का ४० र ४५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिका ४ का ३५ र ५६ वर्षका पुरुष, र ३३ वर्षीया महिला, हुप्सेकोट ३ का ४५, २४ र ५८ वर्षका पुरुष, ४२ र ५६ वर्षीया महिला र हुप्सेकोट ५ का ३७ वर्षीया महिलाको को परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

यता पर्वतको कुश्मा नगरपालिका १ का ५७ वर्षीया महिला र वडा नखुलेका एक ३५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

यस्तै स्याङ्गजा फेदीखोला गाउँपालिका वडा नखुलेका २१ वर्षीय युवकको रिपोर्ट पनि पोजेटिभ आएको छ भने, लमजुङ मध्यनेपाल नगरपालिका ६ का ४२ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये पर्वत कुश्माका ३५ वर्षीय संक्रमित नेपाल आर्मीमा कार्यरत छन् । नवलपुर हुप्सेकोट ५ का ३७ वर्षीया महिला स्वास्थ्य स्वयं सेविका हुन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३३५१ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : ४९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं