१८ माघ २०८२, आइतबार | February 1, 2026

संविधान सर्वस्वीकार्य दस्तावेज बनेको छ : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले २०७२ मा जारी नेपालको संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्यभएको पूर्ण सहमतिको दस्तावेजको रुपमा संविधान स्थापित भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश प्रेषित गर्दै मुख्यमन्त्री पोखरेलले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको दाबी गरेका छन् ।

पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्दै अघि बढिरहेको बताउंदै संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न सबैले साझा संकल्प गर्नु पर्ने औंल्याएका छन् ।

मुख्यमन्त्री पोखरेलले नेपाली जनताले लामो समयदेखि गर्दै आएको एकताबद्ध संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई नागरिकले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको उल्लेख गर्दै नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको बताएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ ।’

मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न सरकार दृढसंकल्पित रहेको स्मरण गराएका छन् ।

उनले संविधान दिवसका दिनले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना समेत ब्यक्त गरेका छन् ।

पोखरेलले विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ ९कोरोना भाइरस० को असरले सिंगो समाज पिल्सिएको भन्दै लामो लकडाउन र निषेधाज्ञापछि क्रमशः स्वास्थ्य सुरक्षा सर्तकता र मापदण्ड पालना गरी समाजका विभिन्न क्षेत्र खुला हुँदै गरेको सन्देशमा उल्लेख गरेका छन् ।

लकडाउन र निधेषाज्ञा नभई खुला हुँदै जानुको अर्थ कोभिड—१९ नियन्त्रण भएको बुझ्नु नहने भन्दै मुख्यमन्त्री पोखरेलले कोरोनासँग जुध्दै हाम्रो दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता आवश्यक रहेको सन्देशमार्फत सचेत बनाएका छन् ।

उनले पर्व, उत्सव र दिवसमा ठूला खालका जमघटले जोखिम बढ्ने भएको भन्दै आम नागरिकलाई घर घरमा दिपावली गरेर संविधान दिवसलाई भव्य रुपमा मनाउन आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : २८ बजे

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न