२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलका प्रमुख प्रशासकीय अधिकृत शर्मालाई प्रवल जनसेवा श्री (चतुर्थ)



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा प्रवल जनसेवा श्री (चतुर्थ) बाट सम्मानित भएका छन ।

उनलाई सरकारले संविधान दिवसको अवसरमा उक्त मानपदवीबाट सम्मान गर्ने घोषणा गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृतका रुपमा यो पदकबाट सम्मानित हुनेमा उनी मुलुकका ७५३ पालिकाहरु मध्येबाट एक्लो हुन । बुटवल उपमहानगरपालिकामा एक वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत शर्मा कुशल प्रशासकका रुपमा चिनिन्छन ।

०४४ असार ७ गते जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लेखापालका रुपमा सेवा प्रारम्भ गरेका थिए । त्यसयता विभिन्न जिम्मेवारी र भूमिकामा रहेर उनले धेरै जिल्लामा काम गर्दै आएका थिए ।

बुटवलमा प्रमुख प्रशासकीय अधिकृत भएर आउनु अघि उनी संघीय मन्त्रालयमा थिए । त्यहाँ रहँदा उनले वातावरणको क्षेत्रमा प्रभावकारी काम गरेका थिए । ‘वातावरणमैत्री स्थानीय शासन प्रारुप’ तयार पार्ने कामको नेतृत्व शर्माले नै गरेका थिए । यो प्रारुप हाल मुलुकका पालिकाहरुमा कार्यान्वयनमा छ ।

शर्माले दिगो विकासका बारेमा पनि गहिरोसंग अध्ययन गरेका छन । स्वीटजरल्याण्ड र जर्मनीमा पर्वतीय दिगो विकास विषयमा उनले करिब एक वर्षको कोर्ष पूरा गरेका छन । वातावरण, दिगो विकास र सहरी विकासका विषयमा विभिन्न देशमा तालिम तथा प्रशिक्षण समेत लिएका छन ।

‘यहीँ कोर्षको अध्ययनपछि दिगो विकासका लागि वातावरणको संरक्षण, वातावरणमैत्री विकास र मानव जीवनका लागि वातावरणको महत्वका विषयमा केही गर्ने हुटहुटी जागेको थियो’, शर्माले भने, ‘मन्त्रालयमा बसेर प्रारुप तयार पार्दै त्यसलाई सदुपयोग गर्ने मौका पाएँ र अहिले कार्यान्वयनको चरणमा पनि काम गर्न पाएको छु ।’ सम्मानले आफुलाई सेवाप्रवाहमा थप खटेर लाग्न प्रेरणा मिलेको र जनप्रतिनिधि, कर्मचारीको सहकार्यमा समृद्ध बुटवल, सुखी जनताको संकल्प साकार पार्ने काममा अझ हौसला मिलेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ४ : ११ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती