५ बैशाख २०८३, शनिबार | April 18, 2026

आईपीएल २०२० : सिजनको पहिलो खेलमा चेन्नईसँग मुम्बई पराजित



एजेन्सी । साविक उपविजेता चेन्नई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद सुरुवात गरेको हो ।

शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी सुन्य रनमा अविजित रहे । मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डय र राहुल चाहरले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाए । केइरन पोलार्डले १८ रन जोडे । यस्तै कप्तान रोहित शर्मा १२,सूर्यकुमार यादब १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए ।

चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । यस्तै रबिन्द्र जडेजा र दिपक चाहरले २/२ विकेट लिए । साम करण र पियुस चावालाको नाममा १/१ विकेट रह्यो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : २८ बजे

सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौंं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

इरानद्वारा हर्मुज जलमार्ग खोलियो, सैन्य जहाजलाई भने अझै रोक

तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको माग

बुटवल । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य बढेसँगै नेपालमा

होटल ब्यवसायीको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान

बुटवल । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले नया वर्ष