१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

बुटवलमा अब्यवस्थित बसोबासलाई ब्यवस्थित गर्न भन्दै दोस्रो चरणको नापजाँच सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाले अब्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहिनहरूको समस्यालाई दीर्घकालिन रूपमै समधानका लागि पहल सुरु गरेको छ।

उपमहानगरले वडा नं. ११ बाट दोस्रो चरणको जग्गा नापजाँचको काम सुरु गरेको जनाएको छ । यो नापजाँच प्रक्रियालाई सबै वडामा क्रमश नापजाँच गरिने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिएका छन् । ‘आइतबारदेखि थप एक सय विगाहा जग्गामा नापजाँच गर्ने काम शुरू भएको छ ।’ उनले भने, ‘पहिलो चरणमा वडा नं ११ कै करिब ८० विगाहा जग्गामा नापजाँचका काम भइसकेको छ ।’

संघीय सरकारले भूमिसंग सम्बन्धित समस्या समाधान आयोग गठन गर्नुअघि नै बुटवलले भूमिसम्बन्धी समस्याको दीर्घकालिन पहल सुरु गरेको थियो ।

बुटवल उपमहानगरले अव्यवस्थित बसोबास तथा सुकुम्बासी जग्गाको लगत संकलन गर्दै सबैभन्दा धेरै अव्यवस्थित जग्गा रहेको क्षेत्रबाटै वैज्ञानिक नापजाँचको काम सुरु गरेको थियो ।

उपमहानगरले बुटवलका करिब १६ हजार घरधुरीहरको लगत संकलन गरिसकिएको छ । कुन वडामा कति अव्यवस्थित बस्ती छन् भन्ने कुराको लगत संकलन संगै अहिले दोस्रो चरणमा नापजाँचको काम अगाडि बढेको उपमहानगरले बताएको छ । बुटवलका वडा नं. ११ बाट सुरु भएको जग्गा नापजाँच तथा अभिलेखिकरणको काम अब १९ वटै वडाहरूमा क्रमश हुने प्रमुख सुवेदीले बताए।

संघीय सरकारले भूमिसम्बन्धी ऐनको आठौं संशोधन गर्दै आयोग गठन गरेको छ भने प्रदेश सरकारले भू–उपयोगितासम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । यहीँ बीचमा बुटवल उपमहानगरभरिका अव्यवस्थित बसोबास र सार्वजनिक जग्गाको नापजाँच एवम् अभिलेखिकरणका काम अगाडि बढाएपछि समस्या समाधानको काम प्रभावकारी हुने आँकलन गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले कार्यपालिका बैठकबाटै कार्यविधि बनाएर कानुन सम्मत रुपमा लगत संकलन र नापजाँचका काम सुरु गरेको हो । तथ्यांक संकलनलाई विवादरहित र न्यायपूर्ण बनाइएको दाबी गर्दै प्रमुख सुवेदीले थप प्रभावकारी कामका लागि सामाजिक संघ–संस्था, नागरिक समाज तथा टोलविकास संस्थाका साथै प्रत्येक वडाका प्राविधिक र जनप्रतिनिधिहरूलाई समन्वयमा खटाइएको जानकारी दिए ।

बुटवल उपमहानगरले सार्वजनिक जग्गाको संरक्षणका काम पनि संगसंगै अगाडि बढाएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उनले १९ वटै वडामा रहेका सार्वजनिक जग्गाको लगत संकलन गरिएको र कतिपय ठाउँमा तत्कालै संरक्षण गर्नुपर्ने भएकाले संरक्षणको काम भइरहेको बताए । वडा नं. १२ को भैरवा टोलमा यस्तै जग्गा संरक्षण गर्दै त्यहाँ नमुना ट्रान्सपोर्ट भिलेज बनाउने काम भइरहेको प्रवक्ता रेग्मीले बताए।

सो वडामा सार्वजानिक जग्गा खालि गराउँदा ठूलो मुल्य तिरेर किनेको जग्गा उपमहानगरले अन्यायपूर्ण तरिकाले हटाएको भन्दै स्थानीयले बिरोध गरेका थिए ।

यसका साथै बुटवलमा अन्तर्राष्ट्रिय स्तरको कृषि उपज केन्द्र बनाउन सुरु गरिएको उनले बताए ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बुटवल उप महानगरले वातावरणमैत्री र पर्यावरणमैत्री सहरी विकास योजना बनाएको जानकारी दिए । उनले सार्वजनिक जग्गा संरक्षण गर्दै भूमि बैंक, श्रम बैंकको स्थापना, कृषि उत्पादकत्व बृद्धिका लागि अध्ययन कार्यदलसमेत बनाएर काम भइरहेको बताए ।

नम्बरी जग्गाको सीमालाई आधार मानेर नापजाँच तथा अभिलेखीकरण गरिएको र सर्वसम्मत रुपमा वैज्ञानिक तरिकाले काम अगाडि बढाईएको उपमहानगरले दाबी गरेको छ ।

नापीका क्रममा रंगशाला–मार्गमा ढल, खानेपानी र सडकका लागि ५१ फिटको बाटो छोडिएको छ भने त्यसभन्दा तलका मार्गहरूमा हाल रहेका बाटोको चौडाइअनुसार नै रहनेगरी तथ्यांक संकलन भइसकेको छ । तिनाउ–दानव नदी कोरिडोरको डीपीआर समेत बनिरहेकाले यसैका आधारमा ती क्षेत्रमा नापजाँच भइरहेको उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ३० बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका