५ पुस २०८२, शनिबार | December 20, 2025

आईपीएल २०२० : सुपर ओभरमा पञ्जाबविरुद्ध दिल्लीको जित



एजेन्सी । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरमा दिल्लीका लागि कगिसो रबाडाले बलिङ गर्दा केएल राहुल र निकोलस पुरन ब्याटिङमा आएका थिए । राहुलले पहिलो बलमा २ रन जोडेपनि दोस्रो बलमा क्याचआउट भए । त्यसपछि अर्को बलमा नै रबाडाले पुरनलाई बोल्ड गरे ।

जम्मा ३ रनको लक्ष्य पाएको दिल्लीले दिल्लीले ऋषभ पन्त र श्रेयस ऐयरलाई ब्याटिङमा पठाएको थियो । मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखेपनि दोस्रो बल भने वाइड फ्याँके । पन्तले दोस्रो बलमा २ रन जोड्दै दिल्लीलाई विजयी सुरुवात दिलाए ।

त्यसअघि जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा दिल्लीले आफ्नो जित सुनिश्चित गर्यो ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ०४ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले