१८ आश्विन २०८३, आइतबार | October 5, 2026

पत्रकार कुटपिट घटनाको अध्ययनका लागि महासङ्घको टोली धनगढीमा



कैलाली । धनगढीस्थित दिनेश सञ्चारगृहमा भएको घटनासम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घको टोली मंगलबार धनगढी आइपुगेको छ ।

समाचारका विषयलाई लिएर केही दिनअघि १५/२० जनाको एक समूहले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि कुटपिट गरेको घटनाको अध्ययन गर्न पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको टोली धनगढी आइपुगेको पत्रकार महासङ्घ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले जानकारी दिए ।

विष्ट नेतृत्व टोलाीले आज पत्रकार महासङ्घ कैलाली शाखा कार्यालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा घटनाको अवस्थाका बारेमा उपस्थित सहभागीसँंग जानकारी तथा सुझाव लिएको बताइएको छ ।

‘टोलीले मानव अधिकार आयोगसंँग यस घटनाका अवस्थाबारेमा बुझ्नेछ’, जोशीले भने, ‘त्यसपछि घटनास्थल दिनेश सञ्चारगृहमा गएर वास्तविक घटनाका बारेमा जानकारी लिने छ ।’

घटनाका सम्बन्धमा टोलीले स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकार पक्ष, पत्रकारलगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

महासचिव विष्टको नेतृत्व रहेको टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी भएको बताइएको छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : २९ बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय