१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

काम नौ घण्टा, न्यूनतम ज्याला छैन



इलाम । २०७५ देखि लागू भएको चिया श्रमिकको न्यूनतम दैनिक ज्याला पाउन चिया श्रमिकले पाउन सकेका छैनन् ।

उल्टै दैनिक ज्याला पाउन नै वगानले तोकेअनुसारको समयमा काम गर्नुपर्छ, जुन दैनिक नौ घण्टासम्म हुने गरेको छ । वगान व्यवस्थापनले सरकारले तोकेको न्यूनतम दैनिक ज्याला ३८५ रुपियाँ दिने गरे पनि त्यो श्रम गर्ने समयभन्दा बढी काम गर्दा मात्र पाउँछन् अर्थात् उनीहरू बाध्यकारी श्रममा पिल्सिएका छन् ।

त्रिवेणी सङ्घाई समूहले नेपाल सरकारबाट लिजमा लिएर सञ्चालन गरिरहेको वगानमा तोकिएको हरियो पत्ती नटिपे श्रमिकलाई प्रतिकिलो छ रुपियाँ घटाएर ज्याला दिने गरेको श्रमिकले बताएका छन् । वगान व्यवस्थापनले न्यूनतम ज्याला दिनुअघि हातले टिपेको चिया दैनिक १६ किलो र कैँचीले टिपेको २६ किलो पुर्‍याउनुपथ्र्यो ।

न्यूनतम ज्याला कार्यान्वयन गरेसँगै व्यवस्थापनले हातले टिपेको चिया प्रतिश्रमिक दैनिक २२ किलो र सानो मेसिनले टिपेको चिया दैनिक ५० किलो पुर्‍याउनुपर्ने नियम लागू गरेको छ । यो नियम लागू भएपछि धेरै श्रमिकले तोकिएको चियाको तौल पुर्‍याउनै नसक्दा न्यूनतम ज्याला दर पाउनबाट वञ्चित भएको श्रमिकले बताएका छन् ।

हामी आफू मर्कामा परेको कुरा बाहिर ल्याउँदा व्यवस्थापन पक्षले उल्टै सरुवा गर्ने, कामबाटै हटाउनेजस्ता धम्की दिन्छ । हामी शोषणमा परेका छौँ तर नाम नखुलाइदिनुहोला, उक्त वगानमा कार्यरत एक श्रमिकले भने, ‘यही कामबाट निस्कनुपर्‍यो भने हातमुख जोर्न समस्या छ ।’

श्रम ऐन २०७४ ले यी श्रमिकलाई ४५ दिन बिरामी बिदा दिने व्यवस्था गरे पनि यहाँका श्रमिकले त्यो बिदा सञ्चित गर्न नपाएको अर्का एक श्रमिकले जानकारी दिए । वर्षभरमा १२ दिन बिरामी बिदा पाइन्छ, त्यो बिदामा बिदा बस्यो भने बस्यो नत्र सञ्चित गर्न पाइँदैन, कटौती भएर जान्छ, ती श्रमिकले भने, ‘लगातार ३० दिन काममा उपस्थित हुन सकिएन भने व्यवस्थापनले स्पष्टीकरण सोधेर सोझै हटाउने गरेको छ, त्यस्ता घटना पनि भएका छन् ।’ कन्याम चिया वगानमा अहिले ६७ स्थायी श्रमिक र ३३ जना मौसमी गरी एक सय श्रमिक कार्यरत छन् तर वगानका प्रबन्धक आईके सिंह भने श्रमिकका विषयमा बोल्न चाहेनन् ।

वर्षौंयता तोकिएको न्यूनतम ज्याला र विभिन्न सेवा सुविधा माग गर्दै चिया श्रमिकले आन्दोलन पनि गर्दै आएका थिए । यो वर्ष भने कामबाटै हटाउने डरले श्रमिक मौन बसेको पाइएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए ।

बिहान ८ः०० देखि बेलुका ५ः०० बजेसम्म काम गर्दा पनि न्यूनतम ज्याला पाउनमै श्रमिकले सङ्घर्ष गरिरहेका छन्, राईले भने । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : ३१ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार