२१ भदौ २०८३, आइतबार | September 7, 2026

काम नौ घण्टा, न्यूनतम ज्याला छैन



इलाम । २०७५ देखि लागू भएको चिया श्रमिकको न्यूनतम दैनिक ज्याला पाउन चिया श्रमिकले पाउन सकेका छैनन् ।

उल्टै दैनिक ज्याला पाउन नै वगानले तोकेअनुसारको समयमा काम गर्नुपर्छ, जुन दैनिक नौ घण्टासम्म हुने गरेको छ । वगान व्यवस्थापनले सरकारले तोकेको न्यूनतम दैनिक ज्याला ३८५ रुपियाँ दिने गरे पनि त्यो श्रम गर्ने समयभन्दा बढी काम गर्दा मात्र पाउँछन् अर्थात् उनीहरू बाध्यकारी श्रममा पिल्सिएका छन् ।

त्रिवेणी सङ्घाई समूहले नेपाल सरकारबाट लिजमा लिएर सञ्चालन गरिरहेको वगानमा तोकिएको हरियो पत्ती नटिपे श्रमिकलाई प्रतिकिलो छ रुपियाँ घटाएर ज्याला दिने गरेको श्रमिकले बताएका छन् । वगान व्यवस्थापनले न्यूनतम ज्याला दिनुअघि हातले टिपेको चिया दैनिक १६ किलो र कैँचीले टिपेको २६ किलो पुर्‍याउनुपथ्र्यो ।

न्यूनतम ज्याला कार्यान्वयन गरेसँगै व्यवस्थापनले हातले टिपेको चिया प्रतिश्रमिक दैनिक २२ किलो र सानो मेसिनले टिपेको चिया दैनिक ५० किलो पुर्‍याउनुपर्ने नियम लागू गरेको छ । यो नियम लागू भएपछि धेरै श्रमिकले तोकिएको चियाको तौल पुर्‍याउनै नसक्दा न्यूनतम ज्याला दर पाउनबाट वञ्चित भएको श्रमिकले बताएका छन् ।

हामी आफू मर्कामा परेको कुरा बाहिर ल्याउँदा व्यवस्थापन पक्षले उल्टै सरुवा गर्ने, कामबाटै हटाउनेजस्ता धम्की दिन्छ । हामी शोषणमा परेका छौँ तर नाम नखुलाइदिनुहोला, उक्त वगानमा कार्यरत एक श्रमिकले भने, ‘यही कामबाट निस्कनुपर्‍यो भने हातमुख जोर्न समस्या छ ।’

श्रम ऐन २०७४ ले यी श्रमिकलाई ४५ दिन बिरामी बिदा दिने व्यवस्था गरे पनि यहाँका श्रमिकले त्यो बिदा सञ्चित गर्न नपाएको अर्का एक श्रमिकले जानकारी दिए । वर्षभरमा १२ दिन बिरामी बिदा पाइन्छ, त्यो बिदामा बिदा बस्यो भने बस्यो नत्र सञ्चित गर्न पाइँदैन, कटौती भएर जान्छ, ती श्रमिकले भने, ‘लगातार ३० दिन काममा उपस्थित हुन सकिएन भने व्यवस्थापनले स्पष्टीकरण सोधेर सोझै हटाउने गरेको छ, त्यस्ता घटना पनि भएका छन् ।’ कन्याम चिया वगानमा अहिले ६७ स्थायी श्रमिक र ३३ जना मौसमी गरी एक सय श्रमिक कार्यरत छन् तर वगानका प्रबन्धक आईके सिंह भने श्रमिकका विषयमा बोल्न चाहेनन् ।

वर्षौंयता तोकिएको न्यूनतम ज्याला र विभिन्न सेवा सुविधा माग गर्दै चिया श्रमिकले आन्दोलन पनि गर्दै आएका थिए । यो वर्ष भने कामबाटै हटाउने डरले श्रमिक मौन बसेको पाइएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए ।

बिहान ८ः०० देखि बेलुका ५ः०० बजेसम्म काम गर्दा पनि न्यूनतम ज्याला पाउनमै श्रमिकले सङ्घर्ष गरिरहेका छन्, राईले भने । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : ३१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त