१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

रिसोर्टमा आउन थाले पाहुना



पोखरा । कोरोना भाइरस संक्रमणबीच सरकारले गत बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट खोल्न स्वीकृति दिएसँगै यहाँको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा सञ्चालनमा आयो ।

संक्रमण बढेसँगै बन्द रहेको रिसोर्टले बिहीबार खुलेकै दिनदेखि सानो आकारमा आन्तरिक पाहुनाको बुकिङ पाएको छ । तीन दिन अवधिमा रिसोर्ट पाहुनाविहीन हुनुपरेको छैन ।

कोरोना संक्रमणबीच पनि यो रिसोर्टले पाहुना पाउँदा व्यवस्थापन समालेका कर्मचारी दंग छन् । को हुन् त यो बेला रिसोर्टमा बस्न पुग्ने पाहुना रु रिसोर्टका सञ्चालन निर्देशक किरण तुलाधर भन्छन्, ‘स्थानीय (पोखरेली) पाहुना रिसोर्टमा बस्न आइपुगेका छन् ।

पोखराका चिकित्सक, व्यापारी अहिलेका हाम्रा पाहुना हुन् ।’ लामो समयको बन्दाबन्दीले घरबाहिर निस्कन नपाएका पाहुना यो बेला एक रातका लागि भए पनि घर छाड्ने मौका खोजिरहँदा रिसोर्टमा बस्न आइपुगेको तुलाधरले बताए ।

‘यो बेला पोखरा छाड्ने र अलि टाढाका होटलमा पुग्ने वातावरण बनिसकेको छैन । त्यही भएर नजिकै र शान्त रिसोर्टमा उनीहरू बस्न आएका छन्,’ उनले भने, ‘सुरुका दुई दिन पोखराका मात्र पाहुना थिए । तेस्रो रातका लागि काठमाडौंका पाहुनाले पनि बुकिङ गरेका छन् ।’ उनका अनुसार निजी सवारीसाधन भएका र अलि खर्च गर्न सक्ने क्षमता राख्ने पाहुना यो बेला पारिवारिक भ्रमणको रूपमा रिसोर्टमा बस्न आइपुगेका छन् ।

‘६ महिनासम्म घरबाहिर निस्कन नपाएर गुम्सिएका बालबच्चा र अभिभावक अहिले निजी सवारीसाधनमा एक रातका लागि भए पनि घरबाहिर जान खोजिरहेका छन् । उनीहरू यो बेलाका हाम्रा पाहुना हुन्,’ तुलाधरले भने, ‘होटलमा सतप्रतिशत अकुपेन्सी (पूर्ण क्षमतामा सञ्चालन) हुने त होइन । तर केही पाहुना रिसोर्टमा आइपुग्दा हामी चलायमान भएका छौं ।’

पोखरा सहरदेखि झन्डै ६ किलोमिटर टाढा निर्मलपोखरी जंगलछेउको यो रिसोर्ट सहरी कोलाहलबाट टाढा भएकोले पनि पाहुनाका लागि आकर्षक बनेको उनले बताए । ‘हामीले अरू बेला बरु स्थानीय पाहुना पाउँदैनथ्यौं ।

तर यसपटक स्थानीय पाहुनाको सोधखोज आइरहेको छ,’ उनले भने । ६४ कोठाको यो रिसोर्टले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पूरा गरेकाले पनि पाहुना ढुक्क हुन सकेको उनले बताए । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : ३९ बजे

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला