२६ बैशाख २०८१, बुधबार | May 8, 2024

चार दिनदेखि हराएका स्वास्थ्यकर्मीको शव तिलोत्तमामा भेटियाे



बुटवल । बुटवलमा बिहिवार राती देखि बेपत्ता भएका सिनियर अहेब बिष्णु प्रसाद नेपाल मृत अवस्थामा फेला परेका छन ।

सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत नेपाल तिलोत्तमा नगरपालिका वडा नं १५ बिहुलीमा स्थानीय कुलोको छेवैमा मृत अवस्थामा फेला परेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

स्थानीयले मृत पुरुषको शव फेला पारेपछि प्रहरी बोलाईएको र उक्त शव बिष्णु नेपालकै भएको सनाखत भई सकेको उनले बताए ।

नेपाल बिहीबार राति १२ः १५ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं.को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए ।

नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरि रहेको थियो ।

स्वर्गीय नेपालका एक छोरा र एक श्रीमती रहेकी छिन् । उनका दाजु छवि नेपालको हिजो आईतवार काठमाण्डौमा निधन भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : २१ बजे

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको