१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

विदेशमा बस्ने चिकित्सकहरु भन्छन् – जहाँ भएपनि नेपाल र नेपालीको सेवामा खटिएका छौँ



लण्डन । गैरआवासीय अन्तराष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आयोजना गरिएको ‘रेजनल हेल्थ टिम एण्ड देअर रोल्स’ विषयक भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा विश्वका विभिन्न मुलुकमा कार्यरत डाक्टरहरुले आफ्नो अनुभव साझा गरेका छन् ।

उक्त कार्यक्रममार्फत डाक्टरहरुले आफू विश्वका जुनसुकै मुलुकमा रहेता पनि नेपाल तथा नेपालीहरुका लागि सक्दो सहयोग पुर्याएको बताएका छन् ।

कार्यक्रममा बोल्दै डा. बोधा सुवेदी (युरोप हेल्थ टिम) ले युरोपमा सिकेको सीप तथा ज्ञानको प्रयोग नेपालमा कसरी गर्ने भनेर युरोपमा हेल्थ टिम गठन गरिएको बताए ।

‘हामीले युरोपमा भएका विभिन्न स्वास्थ्यकर्मीहरुलाई समेटेर अगाडी बढेका छौँ । यहाँ सिकेका ज्ञानलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भनेर हामीले स्वास्थ्य टिम गठन गरेका थियौँ’ उनले भने ।

फेशबुक, जुम लगायत माध्यमबाट पनि संसारभरका नेपालीहरुलाई आफूहरुले सक्दो सहयोग पुर्याएको तथा सचेतनाका कार्यक्रमहरु उजागर गरेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम) ले मध्यपूर्वका मुलुकहरु साउदी, कतार, युएई, कुवेत लगायत मुलुकमा नेपाली स्वास्थ्यकर्मीहरुको संख्या एकदमै कम रहेको बताए । यी मुलुकहरुमा नेपालीको संख्या बढी भएको तर स्वास्थ्यकर्मीहरुको संख्या कम हुनु दुःखद् भएको उनको भनाइ थियो ।

अर्यालले खाडीमा रहेका अधिकांश नेपाली श्रमिकहरुमा चेतनाको अभाव हुँदा पनि कोरोना नबुझ्ने हुँदा डराउने, आत्तिने समस्या भएको उल्लेख गरे ।
आफूले सक्दो रुपमा नेपालीहरुलाई सचेतना तथा परामर्शका कार्यक्रमहरु गरेको जानकारी दिए । ।

त्यसैगरी डा. एलिनी पोख्रेल (पोल्याण्ड) ले समयमा नै एनआरएनएको उच्चस्तरीय समितिको निर्देशनअनुसार आफूसहित युरोपमा रहेका स्वास्थ्यकर्मीहरुले कोरोना भाइरससँग लड्न र नेपालीहरुलाई सहयोग गर्न उल्लेख्य भूमिका खेलेको बताइन ।

उक्त भर्चुअल कार्यक्रममा डा. सरिता भट्टराई (अफ्रिकन हेल्थ टिम), डा. बोधा सुवेदी (युरोप हेल्थ टिम), डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम), डा. भुपेश खड्का (अमेरिका), डा. रमेश खोजु (युके), डा. भुपेन्द्र बस्नेत, डा. पुनम पन्त (अस्ट्रेलिया), डा. एलिनी पोख्रेल (पोल्याण), डा सुनिल शाह (युके) लगायतले आफ्नो धारणा राखेका थिए ।

अधिकांशले आफू विश्वका जुनसुकै मुलुकमा भए पनि नेपाल र नेपालीहरुलाई साथ र सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाबाट एनएमडिएकी प्रतिनिधि पुनम पन्तले समेत आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रमको संयोजन स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटा र डा। कुश श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  २ : १३ बजे

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त