६ श्रावण २०८३, बुधबार | July 22, 2026

गुल्मीको रिडी बजार १ साताका लागि शिल, पैदल यात्रामा समेत प्रतिबन्ध



गुल्मी । गुल्मीको रुरु गाँउपालिका रिडि बजार क्षेत्रमा समुदाय तहमा कोरोना संक्रमण देखिन थाले पछि रुरु गाउँपालिकाले एक साताका लागि बजार क्षेत्र शिल गर्ने निर्णय गरेको छ । बजार क्षेत्रमा एकपछि अर्को ब्यक्तिमा कोरोना संक्रमण देखिन थालेपछि बजार क्षेत्रलाई शिल गरिएको हो ।

कोरोना संक्रमणबाट रिडिको पुलपारी तानसेन नगरपालिका(१४ कुसेनीकी एक जना महिलाको मृत्यु भईसकेको छ भने उनको परिवारका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गरि सोमबार नै रिडि बजारका ७५ वर्षिय एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीमा कोरोना संक्रमणको लक्षण सहित स्वास्थ्य समस्या देखिए पछि लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरिएको हेल्थ सेण्टर रिडीले जनाएको छ ।

स्थिती नियन्त्रण बाहिर जाने देखिए पछि रुरु गाँउपालिका अन्तर्गत रिडी बजार क्षेत्रलाई मंगलबार बिहान ४ बजेबाट १ साताका लागि शिल गरिएको रुरु गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले जानकारी दिए । निषेधित अवस्थामा सरकारले ताकेका अत्यावश्यक सेवा बाहेक पैदल हिंडन समेत प्रतिबन्ध गरिएको उनले बताए । रिडी हुँदै तम्घास, अर्घाखाँची र रुद्रबेनी जाने सडक भने सुचारु हुने उनले बताए ।

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ९ : ३५ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा