२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

४१ औं सामाजिक सेवा दिवस उद्यमशीलतमा जोड दिएर मनाइने



पोखरा । यस वर्षको ४१ औं सामाजिक सेवा दिवस सामाजिक रुपान्तरण र उद्यमशीलतालाई जोड दिएर मनाइने भएको छ ।

गैरसरकारी संस्था महासङ्घ नेपाल, गण्डकी प्रदेशले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने नारालाई सार्थक पार्न आर्थिक समृद्धि, सचेतना, सामाजिक उत्तरदायित्वलगायतका विषयसँग जोडेर यही असोज ६ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी मनाउन लागेको जानकारी गराएको हो ।

गैसस महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले अब गैससलाई उद्यमशिलतामा जाने वातावरण निर्माण गरेर सामाजिक उत्तरदायित्वमा समावेश गर्नुपर्नेमा जोड दिए । सामाजिक कार्यकर्ता दायित्वलाई जनसमक्ष पुर्‍याउँदै सङ्गठनको वर्गीकरण गरेर कामका आधारमा जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो ।

‘गैससमा आवद्ध विभिन्न समूह युवाले गरेका ‘इन्नोभेशन’का कामलाई उद्यमशिलतमा जोड्नु पर्छ र आफूले जानेको सीप ज्ञानलाई राष्ट्रिय गौरवको रुपमा स्थापित गर्नुपर्र्छ’, सुवेदीले भने । उनका अनुसार सामाजिक सेवा दिवसका अवसरमा सात प्रदेशमा करीब आठ सय कार्यक्रम समाज कल्याण परिषद्मा दर्ता भएका छन् ।

गैसस महासङ्घ गण्डकीकी अध्यक्ष विनाकुमारी सिलवालले कोभिड–१९ को प्रभावले यस वर्षका सामाजिक सेवा कार्यक्रमलाई भर्चुअल र विभिन्न सञ्चार माध्यमबाट साथै केही मात्र स्थलगत कार्यक्रम तय भएको जानकारी दिइन् । उनका अनुसार गण्डकी प्रदेशमा चार सय ५० संस्था गैससमा आवद्ध छन् ।

हालसम्म एकसय ३८ कार्यक्रम तय भएका छन् । यस वर्षको ४१ औं सामाजिक सेवा दिवसको नारा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको आवश्यकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने रहेको छ । रासस

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : २९ बजे

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट