२ पुस २०८२, बुधबार | December 17, 2025

४१ औं सामाजिक सेवा दिवस उद्यमशीलतमा जोड दिएर मनाइने



पोखरा । यस वर्षको ४१ औं सामाजिक सेवा दिवस सामाजिक रुपान्तरण र उद्यमशीलतालाई जोड दिएर मनाइने भएको छ ।

गैरसरकारी संस्था महासङ्घ नेपाल, गण्डकी प्रदेशले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने नारालाई सार्थक पार्न आर्थिक समृद्धि, सचेतना, सामाजिक उत्तरदायित्वलगायतका विषयसँग जोडेर यही असोज ६ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी मनाउन लागेको जानकारी गराएको हो ।

गैसस महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले अब गैससलाई उद्यमशिलतामा जाने वातावरण निर्माण गरेर सामाजिक उत्तरदायित्वमा समावेश गर्नुपर्नेमा जोड दिए । सामाजिक कार्यकर्ता दायित्वलाई जनसमक्ष पुर्‍याउँदै सङ्गठनको वर्गीकरण गरेर कामका आधारमा जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो ।

‘गैससमा आवद्ध विभिन्न समूह युवाले गरेका ‘इन्नोभेशन’का कामलाई उद्यमशिलतमा जोड्नु पर्छ र आफूले जानेको सीप ज्ञानलाई राष्ट्रिय गौरवको रुपमा स्थापित गर्नुपर्र्छ’, सुवेदीले भने । उनका अनुसार सामाजिक सेवा दिवसका अवसरमा सात प्रदेशमा करीब आठ सय कार्यक्रम समाज कल्याण परिषद्मा दर्ता भएका छन् ।

गैसस महासङ्घ गण्डकीकी अध्यक्ष विनाकुमारी सिलवालले कोभिड–१९ को प्रभावले यस वर्षका सामाजिक सेवा कार्यक्रमलाई भर्चुअल र विभिन्न सञ्चार माध्यमबाट साथै केही मात्र स्थलगत कार्यक्रम तय भएको जानकारी दिइन् । उनका अनुसार गण्डकी प्रदेशमा चार सय ५० संस्था गैससमा आवद्ध छन् ।

हालसम्म एकसय ३८ कार्यक्रम तय भएका छन् । यस वर्षको ४१ औं सामाजिक सेवा दिवसको नारा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको आवश्यकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने रहेको छ । रासस

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : २९ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि