५ श्रावण २०८३, मंगलबार | July 22, 2026

काठमाडौंमा कोरोना संक्रमण घटेन



काठमाडौं । निषेधाज्ञा खुलेसँगै राजधानी काठमाडौंमा भीडभाड बढेको छ तर कोरोना ९कोभिड–१९०को सङ्क्रमण बढ्ने क्रम पनि रोकिएको छैन ।

सडक, बजार तथा पसलमा भीडभाडसँगै काठमाडौं महानगरपालिकाका ३२ वटै वडा कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं महानगरमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहँदा निषेधाज्ञा खुलेपछि सेवाग्राहीको चाप पनि वडा कार्यालयहरूमा बढ्न थालेको हो ।

निषेधाज्ञा खुलेसँगै दैनिक सरदर एउटा वडामा मात्र विभिन्न कामका लागि कम्तीमा पनि एक सय सेवाग्राही प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आउने गरेको जानकारी सम्बद्ध वडा प्रमुखहरूले दिएका छन् ।

यसअघिको बन्दाबन्दीले गर्दा वडा कार्यालय नियमित रूपमा सञ्चालन नहुँदा सम्पत्ति र घरबहाल कर बुझाउन सेवाग्राही वडा कार्यालय धाउने गरेका छन् । वडा कार्यालयमा सेवाग्राहीको भीड बढेसँगै महानगरपालिका क्षेत्र कोरोनाको झनै केन्द्र बन्दै गएको छ ।

महानगरपालिकाका प्रवक्ता एवं वडा नं। १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले निषेधाज्ञा खुलेसँगै महानगरपालिकाका वडा कार्यालयमा सेवाग्राहीको भीड बढेको बताए । उनले भने, “महानगरपालिका क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिमध्ये ७० प्रतिशतले स्वास्थ्य मापदण्ड अपनाए पनि ३० प्रतिशत नागरिकले बेवास्ता गर्दा महानगरपालिकामा कोरोनाको उच्च जोखिम बढेको हो ।”

स्वास्थ्य मापदण्ड पालना नगर्ने ३० प्रतिशत मानिसमध्ये पनि १० प्रतिशत नागरिकले भने कोरोना सङ्क्रमण समाप्त भइसक्यो जस्तो गरी बिनामास्क हिँडडुल गर्दा जोखिम बढेको भनाइ उनको छ । प्रवक्ता डङ्गोल भन्छन, “जति सम्झाए पनि नसम्झिएपछि केही गर्न सकिँदो रहेनछ । ”

महानगरपालिकामा भेटिएका सङ्क्रमितमध्ये २० प्रतिशत मात्र स्थानीय र बाँकी विभिन्न जिल्लाबाट काठमाडौं आएका व्यक्ति भएको काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख ज्ञानबहादुर ओलीले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : १४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं