१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

काठमाडौंमा कोरोना संक्रमण घटेन



काठमाडौं । निषेधाज्ञा खुलेसँगै राजधानी काठमाडौंमा भीडभाड बढेको छ तर कोरोना ९कोभिड–१९०को सङ्क्रमण बढ्ने क्रम पनि रोकिएको छैन ।

सडक, बजार तथा पसलमा भीडभाडसँगै काठमाडौं महानगरपालिकाका ३२ वटै वडा कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं महानगरमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहँदा निषेधाज्ञा खुलेपछि सेवाग्राहीको चाप पनि वडा कार्यालयहरूमा बढ्न थालेको हो ।

निषेधाज्ञा खुलेसँगै दैनिक सरदर एउटा वडामा मात्र विभिन्न कामका लागि कम्तीमा पनि एक सय सेवाग्राही प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आउने गरेको जानकारी सम्बद्ध वडा प्रमुखहरूले दिएका छन् ।

यसअघिको बन्दाबन्दीले गर्दा वडा कार्यालय नियमित रूपमा सञ्चालन नहुँदा सम्पत्ति र घरबहाल कर बुझाउन सेवाग्राही वडा कार्यालय धाउने गरेका छन् । वडा कार्यालयमा सेवाग्राहीको भीड बढेसँगै महानगरपालिका क्षेत्र कोरोनाको झनै केन्द्र बन्दै गएको छ ।

महानगरपालिकाका प्रवक्ता एवं वडा नं। १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले निषेधाज्ञा खुलेसँगै महानगरपालिकाका वडा कार्यालयमा सेवाग्राहीको भीड बढेको बताए । उनले भने, “महानगरपालिका क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिमध्ये ७० प्रतिशतले स्वास्थ्य मापदण्ड अपनाए पनि ३० प्रतिशत नागरिकले बेवास्ता गर्दा महानगरपालिकामा कोरोनाको उच्च जोखिम बढेको हो ।”

स्वास्थ्य मापदण्ड पालना नगर्ने ३० प्रतिशत मानिसमध्ये पनि १० प्रतिशत नागरिकले भने कोरोना सङ्क्रमण समाप्त भइसक्यो जस्तो गरी बिनामास्क हिँडडुल गर्दा जोखिम बढेको भनाइ उनको छ । प्रवक्ता डङ्गोल भन्छन, “जति सम्झाए पनि नसम्झिएपछि केही गर्न सकिँदो रहेनछ । ”

महानगरपालिकामा भेटिएका सङ्क्रमितमध्ये २० प्रतिशत मात्र स्थानीय र बाँकी विभिन्न जिल्लाबाट काठमाडौं आएका व्यक्ति भएको काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख ज्ञानबहादुर ओलीले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : १४ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै