१ चैत्र २०८२, आइतबार | March 16, 2026

पीसीआर टेष्ट घट्दै, कोरोना संक्रमित बढ्दै; मंगलबार थपिए १ हजार ३५६ नयाँ संक्रमित



काठमाडौं । कोरोना भाइरसका संक्रमितको पारो नेपालमा दिनप्रतिदिन उकालो चढिरहेको छ ।

सरकारले एक दिनमा गर्ने पीसीआर टेष्टको संख्या घटाउँदै गर्दा संक्रमितको संख्या भने झनझन बढिरहेको छ ।

२४ घण्टामा १३ हजारसम्म पुर्याएको पीसीआर टेष्ट अहिले घटाएर सोमबारसम्म ९ हजारको आसपासमा ल्याइएको थियो । तर मंगलबार भने ११ हजार १५४ पीसीआर टेष्ट भएको छ । पीसीआर टेष्टको तुलनामा संक्रमितहरु भने त्यसको तुलनामा बढिरहेका छन् ।

मंगलबार देशभर १ हजार ३५६ जना संक्रमित थपिएका छन् ।

११ हजार १५४ पीसीआर परीक्षणमा १ हजार ३५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्र्राडा जागेश्वर गौतमले बताए ।

सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । संस्थागत आइसोलेसनमा ९ हजार १९३ रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ९४९ जना रहेका छन् ।

देशभर २४ घण्टामा ८२३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ४८ हजार ६१ जना रहेको छ । मुक्त हुने दर ७२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : २३ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन