२१ मंसिर २०८२, आइतबार | December 7, 2025

निर्वाचन ऐन परिमार्जन गरिने



काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अघि बढाउने भएको छ ।

विद्यमान निर्वाचन प्रणाली भ्रष्टाचारको कारक बन्दै गएकाले ऐन परिमार्जनका लागि काम सुरु भएको समितिले बताएको छ ।

भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयकका सम्बन्धमा नेपाल कानून समाजको प्रतिवेदन बुझ्दै समिति सभापति परशुराम मेघी गुरुङले निर्वाचन ऐन परिमार्जन आवश्यक रहेको बताए । ऐन परिमार्जनका लागि समितिले छलफल सुरु गरेको र सम्भव भएमा देशव्यापी छलफल गरिने गुरुङले जनाए । सभापति गुरुङले भने, ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको कार्य पद्धतीमा परिवर्तन जरुरी छ । यी तीनवटै क्षेत्रको कार्यपद्धतीमा परिवर्तन गर्न सकिएमात्रै जनअपेक्षा अनुसार काम गर्न सकिन्छ ।’

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति सभापति रामनारायण विडारीले निर्वाचन प्रणालीका कारण भ्रष्टाचार भएको उल्लेख गर्दै सेवा निवृत कर्मचारीलाई आयोगमा पदाधिकारी बनाउन नहुने बताए । राज्यले काम गर्ने उमेर पुग्यो भनेर अवकाश दिएको कर्मचारीलाई फेरि काम लगाउन नहुने सभापति विडारीले जनाए ।

सांसद ठगेन्द्रप्रकाश पुरीले अख्तियार दुरुपयोग अनुसन्धान लागयतका आयोगमा आयुक्त नियुक्त गर्दा कस्तो व्यक्तिलाई गर्ने भन्ने कुरा महत्वपूर्ण हुने बताए । लामो समय निजामति सेवामा काम गरेर उमेरहदका कारण अवकाश पाएका कर्मचारीहरुले आफु पदमा रहँदा सुशासनका मापदण्डअनुसार व्यवहार प्रदर्शन गरे की गरेनन भन्ने कुरा हेर्नुपर्ने पुरीको भनाइ छ ।

नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयकका सम्बन्धमा सात वटै प्रदेशका सरोकारवालासँग अन्तरक्रिया भएको बताए ।

देशभरबाट ६ सय बढी सरोकारवाला र संसदीय समितिबाट १२ जनाको सहभागितामा भएको अन्तरक्रियामा आएका सुझावहरुका आधारमा प्रतिवेदन तयार पारिएको उनले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ४९ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज