७ कार्तिक २०८३, शनिबार | October 24, 2026

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री



नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । दिवसको अवसरमा गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।

आज एक कार्यक्रमका बीच बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र गुरुङ र फाउन्डेसनका सहनिर्देशक डा. तृप्ती पाल रमणले संयुक्तरुपमा बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित बाल सुधार गृहलाई खेलकुद सामाग्री हस्तान्तरण गरे । सुधार गृहका बालकहरुका लागि लक्षित गर्दै खेल सामाग्री उपलब्ध गराइएको पाउन्डेसनले जनाएको छ । बाल सुधार गृहका प्रमुख किशोर शर्माले खेलकुद सामग्री ग्रहण गरेका थिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले कानुनी विवादमा परेका बालकहरूको आवश्यकतालाई ध्यानमा राखेर खेलकुद सामग्रीहरु उपलब्ध गराएकोमा फाउन्डेसन परिवारलाई धन्यवाद दिए ।

वरिष्ठ पत्रकार तथा समाजसेवी पूर्णलाल चुकेले फाउन्डेसनले स्थापना कालदेखि बिना बाह्य सहयोग शिक्षा, स्वास्थ्य, नियमित रक्तदान जस्ता मानवीय कार्यक्रमहरु आयोजना गर्दै आएको बताए । उनले बाल सुधार गृहको माग र बालकहरुको रुची अनुसारका खेल सामग्रीहरु उपलब्ध गराइएकोमा पाउन्डेसनको सराहना गरे ।

जयन्दू बाल सुधार गृहका कार्यालय प्रमुख किशोर शर्माको अध्यक्षता तथा इन्सेकका प्रदेश प्रमुख भोला महतद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा जग्गादाता दानवीर जयकेश सिंह, गोपाल नीना फाउन्डेशन नेपालका कार्यालय प्रमुख दिलीप सिंह लगायत बाल गृहमा आश्रित २०२ जना कानुनी विवादमा परेका बालकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ११ : ०१ बजे

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर