१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

सुदूरपश्चिममा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया



डडेल्धुरा । डडेल्धुरा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ ।

सामान्यतया दूरबीनको माध्यमबाट पेट नचिरेर सानो सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक शल्यक्रिया भनिन्छ । पछिल्लो १० दिनमा चार जनाको यो विधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा राजन शाह नेतृत्वको टोलीले चारै जनाको यो विधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए । ल्याप्रोस्कोपिक शल्यक्रिया अर्थात दूरबीन शल्य चिकित्सा पद्धतीद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको डा. शाहको भनाइ छ । “यो एक अत्याधुनिक शल्य चिकित्सा पद्धति हो”, उनले भने, “अत्याधुनिक शल्यक्रियाको विधाको यो शल्यक्रिया बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधिको रुपमा पनि हेरिन्छ ।”

पछिल्लो समय नेपालमा समेत विभिन्न रोगसँग सम्बन्धित मुख्य शल्यक्रिया (मेजरओटी) दूरबीन पद्धतीबाट गर्न थालिएको छ । त्यसमध्ये स्त्री रोगसँग सम्बन्धित शल्यक्रिया समेत दूरबीन पद्धतीबाट नेपालका धेरै अस्पतालमा हुन थालेको उनको भनाइ छ । उनका अनुसार विशेषगरी पाठेघरबाट ट्यूमर निकाल्ने, डिम्बाशयको शिष्ट, ट्यूमर निकाल्ने, बच्चा नहुने अपरेशन गर्न र बच्चा नहुने अपरेशन गरिएको छ भने त्यसलाई खोल्ने अपरेशन (ट्यूवल रिक्यानालाइजेशन) लगायतका मुख्य शल्यक्रिया समेत दूरबिन पद्धतीबाट सम्भव छ ।

भारतलगायत विकसित मुलुकमा यस्तो शल्यक्रिया सामान्य हुँदै गए पनि नेपालमा यसको प्रयोग भर्खेरै बिस्तार हुन लागेको बताइएको छ । दूरबीन पद्धतीबाट शल्यक्रिया गर्ने मात्र नभई विभिन्न रोग पत्ता लगाउन समेत यसको प्रयोग निकै सहज भएको डा. शाहको भनाइ छ ।

अहिले पाठेघरको शल्यक्रियाका लागि दूरबीन पद्धती बिरामीका लागि अधिक सुविधा र सहज भएको छ । नेपालमा यो पद्धतीको बिस्तार नहुँदासम्म पाठेघर निकाल्न पेट चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । तर अहिले यो पद्धतीबाट पेटमा प्वाल पारेर पाठेघर निकाल्ने शल्यक्रिया सहज भएको छ ।

डा. शाहका अनुसार यस्तो पद्धतीबाट शल्यक्रिया गर्दा बिरामी ३ दिनमै घर जान सक्छ । साथै केही दिनमै बिरामी आफ्नो नियमित काममा फर्किन सक्छ । पेट चिरेर गर्ने शल्यक्रियाले बिरामीले लामो समयसम्म दुःख पाउँछ, धेरै दिन अस्पताल बस्नुपर्ने हुन्छ, घाउ निको हुन धेरै दिन लाग्छ । नियमित काममा फर्कन बिरामीलाई धेरै समय लाग्न सक्छ । “यो पद्धतीबाट पाठेघरको शल्यक्रिया गर्दा पेट चिर्नु पर्देन, पेटमा सानो प्वाल पार्ने हुँदा बिरामी अप्रेशनपछि छिट्टै रिकोभर हुन्छ”, उनले भने, “ल्याप्रोस्कोपिक सर्जरीको साइड इफेक्ट हुने सम्भावना पनि न्यून हुन्छ ।”

पहिले नेपालमा कतिपय रोगको पहिचानका लागि पेट चिरेर भित्रको समस्या के छ भनेर हेर्ने गरिन्थ्यो । अहिले दूरबीनको प्रयोग अर्थात डाइग्नोष्टिक ल्याप्रोस्कोपिकबाट विभिन्न रोग पत्ता लगाउन सहज भएको छ । यो विधिबाट शल्यक्रिया गरिएको चारमध्ये तीन जना डिस्चार्ज भइसकेको र एक जना उपचाररत रहेको डा. शाहले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : २१ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट