२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोना संक्रमणबाट डडेल्धुरामा एकको मृत्यु



डडेल्धुरा । कोरोना संक्रमणबाट डडेल्धुरामा एक जनाको मृत्यु भएको छ ।  संक्रमणबाट नवदुर्गा गाउँपालिकाका अन्दाजी ४८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा आएको अस्पताल प्रशासनले जनाएको छ । तर, डडेल्धुरा अस्पतालका निमित्त मेसु डांजगदिशचन्द्र विष्टले उनको अस्पताल पुग्नु भन्दा पहिले नै मृत्यु भइसकेको बताएका छन् ।

मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको डडेल्धुराको कोभिड-१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ७ : ५२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका