१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोना संक्रमणबाट डडेल्धुरामा एकको मृत्यु



डडेल्धुरा । कोरोना संक्रमणबाट डडेल्धुरामा एक जनाको मृत्यु भएको छ ।  संक्रमणबाट नवदुर्गा गाउँपालिकाका अन्दाजी ४८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा आएको अस्पताल प्रशासनले जनाएको छ । तर, डडेल्धुरा अस्पतालका निमित्त मेसु डांजगदिशचन्द्र विष्टले उनको अस्पताल पुग्नु भन्दा पहिले नै मृत्यु भइसकेको बताएका छन् ।

मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको डडेल्धुराको कोभिड-१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ७ : ५२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्