३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा ५१ जना संक्रमित थपिए, हालसम्म २१ जनाको मृत्यु



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार १९ जना महिला र ३६ जना पुरुष गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका मध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका रहेका छन् । बुटवलमा १२ जना महिला र २१ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिकामा ३ महिला र ४ जना पुरुष संक्रमित भएका छन् भने तिलोत्तमा नगरपालिकामा ३ महिला र ४ पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यसैगरी सैनामैना नगरपालिकामा १ जना महिला र २ जना पुरुष एवं देवदह नगरपालिकाका १ जना पुरुषलाई संक्रमण देखिएको छ ।

यससँगै जिल्लाभर अहिलेसम्म संक्रमित हुनेको संख्या २ हजार १२७ पुगेको छ । रुपन्देहीमा हालसम्म २१ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, १ हजार ३३९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ७८८ रहेको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : ३९ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र