१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

घुस नखाने ट्राफिक प्रहरी सम्मानित, घुस खाने ८० बढी ट्राफिक प्रहरीलाई विभागीय कारवाही



काठमाडौं । सवारी नियम उल्लङ्घन गर्ने चालक र सह-चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा प्रलोभनमा नपरी घुस ईन्कार गर्ने १७ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौमा मंगलबार एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई सम्मान सहित पुरस्कृत गरिएको छ । घुस र प्रलोभन ईन्कार गर्ने १७ ट्राफिक प्रहरीहरुलाई महाशाखा प्रमुख एसएसपी भिम ढकालले टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गरेका थिए ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरसः पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक र सह-चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा प्रलोभन ईन्कार गरेका प्रहरी कर्मचारीलाई सम्मान गरिएको एसएसपी भिम ढकालले बताए । ढकालका अनुसार सम्मानीत हुने प्रहरी कर्मचारीले सवारी नियम उललंघन गर्नेहरुले बिभिन्न प्रलोभन देखाउंदा समेत कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्न चालकरसह(चालकलाई नियमानुसार कारवाहीको दायरामा ल्याएका थिए ।

संगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गर्ने ट्राफिक प्रहरीहरुलाई प्रोत्साहन स्वरुप सम्मन गरिएको उनले बताए ।

यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ५० जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा महाशाखाले पुरस्कृत र सम्मान गरेको थियो ।

यसरी सम्मानित गरेपछि ट्राफिक प्रहरीबाट सम्पादन हुने कार्यमा पारदर्शिता र इमान्दारिता देखिन थालेको महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाका अनुसार सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने तथा संगठनको नीति नियम विपरित कार्य गर्ने ७७ जना ट्राफिक प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरेको छ र ४ जना कर्मचारीलाई नोकरीबाटै हटाईएको छ ।

महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचीत गरिदिन पनि सर्वसाधारणमा अपिल गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : ३७ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल