२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

घुस नखाने ट्राफिक प्रहरी सम्मानित, घुस खाने ८० बढी ट्राफिक प्रहरीलाई विभागीय कारवाही



काठमाडौं । सवारी नियम उल्लङ्घन गर्ने चालक र सह-चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा प्रलोभनमा नपरी घुस ईन्कार गर्ने १७ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौमा मंगलबार एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई सम्मान सहित पुरस्कृत गरिएको छ । घुस र प्रलोभन ईन्कार गर्ने १७ ट्राफिक प्रहरीहरुलाई महाशाखा प्रमुख एसएसपी भिम ढकालले टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गरेका थिए ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरसः पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक र सह-चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा प्रलोभन ईन्कार गरेका प्रहरी कर्मचारीलाई सम्मान गरिएको एसएसपी भिम ढकालले बताए । ढकालका अनुसार सम्मानीत हुने प्रहरी कर्मचारीले सवारी नियम उललंघन गर्नेहरुले बिभिन्न प्रलोभन देखाउंदा समेत कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्न चालकरसह(चालकलाई नियमानुसार कारवाहीको दायरामा ल्याएका थिए ।

संगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गर्ने ट्राफिक प्रहरीहरुलाई प्रोत्साहन स्वरुप सम्मन गरिएको उनले बताए ।

यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ५० जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा महाशाखाले पुरस्कृत र सम्मान गरेको थियो ।

यसरी सम्मानित गरेपछि ट्राफिक प्रहरीबाट सम्पादन हुने कार्यमा पारदर्शिता र इमान्दारिता देखिन थालेको महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाका अनुसार सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने तथा संगठनको नीति नियम विपरित कार्य गर्ने ७७ जना ट्राफिक प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरेको छ र ४ जना कर्मचारीलाई नोकरीबाटै हटाईएको छ ।

महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचीत गरिदिन पनि सर्वसाधारणमा अपिल गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : ३७ बजे

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको