१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना कहरले बढाएको गुर्जोको महत्व, कस्ता रोगीले गुर्जो सेवन गर्नु हुँदैन ?



काठमाडौँ । नेपालको पहाड र तराईमा पाइने गुर्जोको यतिबेला प्रयोग बढेको छ । बिशेष गरि कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि रोग प्रतिरोधात्मक शक्ति बढाउन गुर्जोको प्रयोग र महत्व बढेको हो । गाँउघरको भाषामा चिनी लहरो पनि भनिले गुर्जो घर करेसा वा गमलामा रोपेर हुर्काउन सकिन्छ ।

बिज्ञानले प्रमाण नै पेश नगरेपनि गुर्जोको सेवनले मानिसमा रोग बिरुद्ध लड्न सक्ने शक्ति विकास गर्ने आयुर्वेदका विज्ञहरुले बताउंदै आएका छन् । अनुभवि बुढापाकाका अनुसार यसको प्रयोगमा मात्रा मिलाउनु पर्दछ । मात्रा मिलाएर यसको प्रयोग गरिएन भने शरीरलाई बेफाईदा समेत गर्दछ । गुर्जोलाई कसरी र कस्ता मानिसले सवेन गर्न सकिन्छ भन्ने विषयमा केही चर्चा गरौं ।गुर्जो सेवन गर्ने विधि यस प्रकार छ ।

१. ताजा गुर्जोको लहरा १० देखि २० ग्राम लिने । सिलौटो, खल वा मिक्स्चरमा पिसेर त्यसमा सफा पानी राखी उमाल्ने । आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि मिसाउन सकिन्छ । बेस्सरी उमालेर रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर विहान नियमित पिउने ।

२. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विधिअनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।

३. पिसेको गुर्जोको धूलोमा बेलुका पानी हालेर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलो सत जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।

४. हप्तामा एक दुई पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ।

५. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।

६. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम एक चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।

७. ताजा गुर्जोको सेवनले कम्तीमा ३।४ महिना भित्र शरीरमा अद्भुत परिवर्तन ल्याउँदछ ।

गुर्जोको फाईदाहरु

१. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।

२. युरिक एसिड तथा वाथ र जोर्नी दुःखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।

३. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुःखेको, आँखा, पिसाब, पैताला, हात, खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।

४. किड्नीको दुर्बलता तथा फोहोर विकारलाई हटाएर पिसाब सम्बन्धी सम्पुर्ण समस्या÷रोग हरुमा धेरै लाभ पुरÞ्याउँदछ ।

५. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पु¥याउंछ ।

६. गुर्जो सबै किसिमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो ।

७. रक्तविकार रगतको फोहोर खराबी हटाउँदछ साथै रक्तअल्पता रगतको कमी हुन दिदैन ।

८. अम्लपित्त–अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।

९. टिबी (क्षयरोग) का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।

८. गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ ।

९. उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुर्याउँछ।

१०. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धी रोगमा फाइदा गर्दछ ।

ध्यान दिनु पर्ने कुराहरु
१. चिसो लागेको र संवेदनशील तथा कमजोर ९जीर्ण० अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ ।

२. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।

३. गर्भवती, दुधपान गराइरहेका आमा, पाँच बर्ष मुनिका बच्चा, पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन ।

 

नोटः गुर्जोको बैज्ञानिक पुष्टिको दस्तावेजिकरण गर्न भने बाँकी छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ११ : १६ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,