५ पुस २०८२, शनिबार | December 20, 2025

आइपीएल २०२० : राजस्थानको विजयी सुरुवात



काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी १३औं इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा राजस्थानले चेन्नाइ सुपर किङ्स माथि १६ रनको जित हासिल गर्यो ।

२ सय १७ रनको विशाल लक्ष्य पच्छाएको चेन्नाइले निर्धारित २० ओभरमा २ सय रन मात्र बनाउन सक्यो । चेन्नाइका लागि फाफ डु प्लेसिसले ७२ रनको अर्धशतकीय पारी खेले । उनले ३७ बलमा ७ छक्का र एक चौका प्रहार गरेका थिए ।

यस्तै, सेन वाट्सनले ३३, महेन्द्र सिंह धोनीले नटआउट २८, केदार जाधवले २२, मुरली विजयले २१, साम कुरानले १७ रन जोडेपनि टोलीलाई हारबाट बचाउन सकेनन् । राजस्थानका राहुल टेवटियाले ३, जोफ्रा आर्चर, श्रेयास गोपाल र टोम कुरानले १-१ विकेट लिए ।

यसअधि, शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । दोस्रो विकेटका लागि स्टेभन स्मिथ र सञ्जु सामसनले १ सय २१ रनको साझेदारी गर्दै पारीलाई अगाडि बढाएका थिए । स्मिथ र सामसनले अर्धशतकीय पारी खेले ।

३२ बलको सामना गरेको सामसनले ९ छक्का र १ चौकाको सहयोगमा ७४ बनाउँदै लुङ्गी एनगिडीको बलमा दीपक चाहरको हातबाट क्याच आउट भए । यस्तै, स्मिथले ४७ बलमा ४ छक्का र ४ चौकाको मद्धतमा ६९ रनको पारी खेले ।

यसैगरी अन्त्यमा जोफ्रा आर्चरले आक्रामक पारी खेल्दै लुङ्गी एनगिडीको बलमा लगातार ४ चौका प्रहार गर्दै नटआउट २७ रन तथा टोम कुरानले १० रन जोडे । चेन्नाइका साम कुरानले ३, दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले एक-एक विकेट लिए ।

एक खेलबाट दुई अंक बटुलेको राजस्थान रनरेटको आधारमा तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान अंक भएपनि रोयल च्यालेञ्जर्स बेङ्गलोर दोस्रो र दिल्ली क्यापिटल्स तेस्रो स्थानमा रहेको छ । यस्तै, दुई खेलबाट दुई अंकसहित चेन्नाइ चौथो स्थानमा रहेको छ ।

बुधबार प्रतियोगिताको पाँचौं खेलमा कोलकात्ता नाइट राइडर्स र मुम्बइ इन्डियन्सबीचको खेल शेख जायद स्टेडियम अबुधाबीमा ७ः४५ बजे सुरू हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : १० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य