२८ चैत्र २०८२, शनिबार | April 11, 2026

कोरोना संक्रमण बढ्नथालेपछि बेलायतमा नयाँ प्रतिबन्धको घोषणा



बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएकोले मंगलबार नयाँ प्रतिबन्धको घोषणा गरेको बताएका छन् ।

प्रधानमन्त्री बोरिसले कोभिड १९ का कारण अवस्था चिन्ताजनक बढ्दै गएकाले थप प्रतिबन्धहरु लगाउनु परेको बताए ।
सोही बमोजिम मंगलबार नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको हो ।

तर ती प्रतिबन्धहरु भने त्यति कडा छैनन् । यसअघिको भन्दा खुकुलो गरी हालका लागि प्रतिबन्धको घोषणा गरिएको प्रधानमन्त्री बोरिसको भनाई थियो ।

प्रधानमन्त्रीले विद्यालय, विश्वविद्यालयहरु खोल्न दिइने बताए। तर उनीहरुले पनि सुरक्षा सावधानीका कार्यहरु भने पूरा गर्नुपर्ने उनको भनाइ थियो । त्यस्तै सावधानीहरु अपनाएर, व्यापार व्यवसाय, होटल रेष्टुरेन्टहरु पनि सीमित संख्याका व्यक्तिहरुलाई मात्र सेवा दिने गरेर केही खुकुलो गरिने भएको छ ।

बेलायतमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ । बेलायतमा अहिलेसम्म ३ लाख ९४ हजार २५७ जना संक्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

यहाँ दोस्रो चरणमा कोभिडको संक्रमण प्रवेश गरेको बताइएको छ । यसै कारणले यहाँका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो अवस्था पनि आउन सक्ने चेतावनी दिएका थिए ।

महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले थप प्रतिबन्धहरु घोषणा गर्नुभएको हो ।

यहाँका चिकित्सकहरुले पनि कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने बताएका छन् ।

दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर मात्रामा संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । यो फैलावट यहाँ पहिलो चरणको भन्दा पनि तीव्र रुपमा भएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : ०४ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख