२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

पाल्पाको फोक्सिङकोटमा पहिरोमा पुरिएर एकै परिवारका ५ जना वेपत्ता



पाल्पा । अविरल वर्षापछि खसेको पहिरोले पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोटमा आज बिहान २ घर पुरिँदा ५ जना वेपत्ता भएका छन् ।

पहिरोले हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरेको छ । हुमबहादुर गाहाको परिवारका ५ सदस्य वेपत्ता भएका छन् ।
बेलौजा स्वास्थ्य चौकी नजिकै माथिबाट खसेको पहिरोले ती घरहरु पुरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले खबरकुरालाई बताए ।

मनबहादुर गाहाको परिवारका ३ सदस्य भने भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रारम्भिक जानकारी प्राप्त हुने वित्तिकै उद्दारका लागि प्रहरी टोली परिचालन गरेको एसपी सन्तोष कुमार भट्टराईले जनाए ।

उता फोक्सिङ्कोटकै सुरुमडाँडामा पहिरोले घर पुर्दा एक जना गर्भवती महिला वेपत्ता भएकी छिन् । उनका श्रीमान भने ज्यान जोगाउन सफल भएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : २७ बजे

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा