१ पुस २०८२, मंगलबार | December 16, 2025

पाल्पाको फोक्सिङकोटमा पहिरोमा पुरिएर एकै परिवारका ५ जना वेपत्ता



पाल्पा । अविरल वर्षापछि खसेको पहिरोले पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोटमा आज बिहान २ घर पुरिँदा ५ जना वेपत्ता भएका छन् ।

पहिरोले हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरेको छ । हुमबहादुर गाहाको परिवारका ५ सदस्य वेपत्ता भएका छन् ।
बेलौजा स्वास्थ्य चौकी नजिकै माथिबाट खसेको पहिरोले ती घरहरु पुरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले खबरकुरालाई बताए ।

मनबहादुर गाहाको परिवारका ३ सदस्य भने भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रारम्भिक जानकारी प्राप्त हुने वित्तिकै उद्दारका लागि प्रहरी टोली परिचालन गरेको एसपी सन्तोष कुमार भट्टराईले जनाए ।

उता फोक्सिङ्कोटकै सुरुमडाँडामा पहिरोले घर पुर्दा एक जना गर्भवती महिला वेपत्ता भएकी छिन् । उनका श्रीमान भने ज्यान जोगाउन सफल भएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : २७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज