१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाग्लुङका पहिरो पीडितलाई पोर्चुगलका नेपालीले गरे ९ लाख ४१ हजार सहयोग



बुटवल । बाढीपहिरोका कारण प्राकृतिक बिपत्तीमा परेका बाग्लुङका बाढीपहिरो पीडितलाई बाग्लुङ समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले पोर्चुगलमा आर्थिक संकलन गरेर जिल्लाको ढोरपाटन र जैमिनी नगरपालिका तथा तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडितलाई नौ लाख ४० हजार ७ सय ८४ रुपैयां नगद सहयोग गरेको हो ।

बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भई आपतबिपद्मा परेकालाई थोरै मात्र भएपनि सहयोग पूगोस् भन्ने उद्धेश्यले सहयोग स्वरुप नगद रकम प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले बताए । पोर्चुगलमा आर्थिक सकंलन अभियान नै सञ्चालन गरेर संकलन गरिएको उक्त रकम मंगलबार एक कार्यक्रमका बिच बाढीपहिरो पीडितहरुलाई हस्तान्तरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

सहयोग रकम मध्ये ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई ८ लाख रुपैयां र जैमिनी नगरपालिकाका पीडितलाई १ लाख रुपैयां प्रदान गरिएको छ भने तमान र निसिखोला गाउँपालिकाका ५ घरपरिवारलाई ४० हजार रुपैया प्रदान गरिएको छ ।

जसअन्र्तगत ढोरपाटन नगरपालिकाका २३ जना मृतकका परिवारलाई ९ हजारका दरले र घर पूर्ण रुपमा क्षति भएका ७३ घरपरिवारलाई ८ हजार रुपैयांका दरले सहयोग रकम हस्तान्तरण गरिएको खड्काले जानकारी दिए ।

यस्तै जैमिनी नगरपालिकाका ३ जना मृतकका परिवारलाई १५ हजारका दरले र घर पूर्ण रुपमा क्षति भएका ७ घरपरिवारलाई ९ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको छ ।

सहयोग रकम तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री घमबहादुर थापाको समन्वयमा हस्तान्तरण गरिएको खड्काले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ३ : १२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्