१९ आश्विन २०८३, सोमबार | October 5, 2026

बाग्लुङका पहिरो पीडितलाई पोर्चुगलका नेपालीले गरे ९ लाख ४१ हजार सहयोग



बुटवल । बाढीपहिरोका कारण प्राकृतिक बिपत्तीमा परेका बाग्लुङका बाढीपहिरो पीडितलाई बाग्लुङ समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले पोर्चुगलमा आर्थिक संकलन गरेर जिल्लाको ढोरपाटन र जैमिनी नगरपालिका तथा तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडितलाई नौ लाख ४० हजार ७ सय ८४ रुपैयां नगद सहयोग गरेको हो ।

बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भई आपतबिपद्मा परेकालाई थोरै मात्र भएपनि सहयोग पूगोस् भन्ने उद्धेश्यले सहयोग स्वरुप नगद रकम प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले बताए । पोर्चुगलमा आर्थिक सकंलन अभियान नै सञ्चालन गरेर संकलन गरिएको उक्त रकम मंगलबार एक कार्यक्रमका बिच बाढीपहिरो पीडितहरुलाई हस्तान्तरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

सहयोग रकम मध्ये ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई ८ लाख रुपैयां र जैमिनी नगरपालिकाका पीडितलाई १ लाख रुपैयां प्रदान गरिएको छ भने तमान र निसिखोला गाउँपालिकाका ५ घरपरिवारलाई ४० हजार रुपैया प्रदान गरिएको छ ।

जसअन्र्तगत ढोरपाटन नगरपालिकाका २३ जना मृतकका परिवारलाई ९ हजारका दरले र घर पूर्ण रुपमा क्षति भएका ७३ घरपरिवारलाई ८ हजार रुपैयांका दरले सहयोग रकम हस्तान्तरण गरिएको खड्काले जानकारी दिए ।

यस्तै जैमिनी नगरपालिकाका ३ जना मृतकका परिवारलाई १५ हजारका दरले र घर पूर्ण रुपमा क्षति भएका ७ घरपरिवारलाई ९ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको छ ।

सहयोग रकम तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री घमबहादुर थापाको समन्वयमा हस्तान्तरण गरिएको खड्काले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ३ : १२ बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय