२९ मंसिर २०८२, सोमबार | December 16, 2025

४५७ संक्रमित डिस्चार्ज हुँदा १४ सय ५७ जनामा नयाँ संक्रमण पुष्टि



काठमाडौं । बिहीबार देशभर १४ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बिहीबार ११ हजार ४४९ पीसीआर परीक्षण गरिएको छ ।

जसमध्ये १४ सय ५७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । यससँगै अहिलेसम्म कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना रहेका छन् । होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेका छन् ।

देशभर २४ घण्टामा ४५७ जना मात्र डिस्चार्ज भएका छन् । हालसम्म ५० हजार ४११ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ४ : २२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको