२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सार्क सम्मेलन शीघ्र आयोजनाका निम्ति व्यवहारिक विकल्प खोजी गर्न आह्वान



काठमाडौं । ६ वर्षदेखि अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजनाका निम्ति व्यावहारिक सबै विकल्प खोजी गर्न नेपालले सदस्य देशलाई आह्वान गरेको छ ।

सार्कमा नयाँ उत्साह उत्पन्न गर्न तथा गतिशील तुल्याउन १९ औँ शिखर सम्मेलन चाँडो आयोजना गर्नु अपरिहार्य भएको बताउँदै सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले व्यावहारिक विकल्पको खोजीका निम्ति सदस्य राष्ट्रलाई आह्वान गरेको हो ।

सङ्गठनका अध्यक्ष नेपालले अप्रत्यक्षरुपमा आज आयोजना गरेको सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्कलाई दक्षिण एशियाका जनताको जीवन निर्वाहमा प्रत्यक्ष परिवर्तन गराउन सक्षम, प्रभावकारी एवं परिणामोन्मुख क्षेत्रीय सङ्गठन बनाउनुपर्नेमा जोड दिए ।

कोभिड–१९ विरुद्ध लड्न र महामारीको प्रभाव घटाउने अनुकूल उपाय विकास गर्न सदस्य राष्ट्र सामूहिक रुपमा सघनताका साथ लाग्नुपर्ने आवश्यकता बैठकका अध्यक्ष मन्त्री ज्ञवालीले औँल्याए ।

बैठकमा सबै सदस्य मुलुकका परराष्ट्र मन्त्रीको सहभागिता थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : १६ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज